बिहान ढिलोसम्म सुत्नेलाई यस्तो रोगले सताउन सक्छ

विराटनगर ५ कात्तिक । कसै कसैलाई बिहान उठ्न धेरै गाह्रो हुने अथवा ढिला सम्म सुत्ने बानी हुन सक्छ । राती ढिलो सुत्दा पनि कहिले कहिँ यस्तो भएको हुन सक्छ ।

तर, हरेक दिन ढिलो उठ्ने बानीले स्वास्थ्यमा विभिन्न प्रकारको समस्या पैदा गरिरहेको हुन्छ । बिहान उठ्नका लागि निकै समस्या हुन्छ भने भविष्यमा गएर शारीरिक तथा मानसिक रोगको समस्या हुन सक्ने अनुसन्धानकर्ताहरुको अध्ययनले निष्कर्ष निकालेको छ ।

ढिलो सम्म सुत्ने ब्यक्तिले खाना पनि ढिलो खाने गर्छ । उनीहरूको पेट लामो समयसम्म खाली हुने हुँदा पाचन प्रणाली असर पर्छ । पाचन प्रणालीमा असर पर्नुका साथ खाएको खाना राम्ररी नपच्ने हुदा पेट सम्बन्धि विभिन्न रोगहरू लाग्न सक्छ ।

साइन्स डेलीमा प्रकाशित भएको फ़ेइनबर्ग स्कुल अफ मेडिसिन एट नर्थ वेस्टर्न युनिर्भसिटीले गरेको अध्ययनमा ढिलोसम्म सुत्ने व्यक्तिहरू पोषणयुक्त खानेकुराको सेवन भन्दा पनि जंक फुड धेरै खाने गरेको पाइयो । अध्ययनले ढिलोसम्म सुत्ने व्यक्तिहरू मोटोपनको शिकार हुने निष्कर्षपनि निकालेको छ । ढिलो सम्म सुत्ने मानिसहरुमा अल्छीपन तथा जाँगर नलाग्ने समस्या पनि हुने गर्दछ ।

यस्ता मानिसहरुलाई सानो सानो कुरामा पनि बढी रिस उठ्ने, झर्किने जस्ता पनि समस्या हुने गर्छ । कुनै पनि मानिस बिहान ढिलोसम्म सुत्छन् भने उनीहरुको दिमाग बढी निराश हुने गर्छ । यसले उनीहरूको दिन नराम्रो हुनुका साथै उनीहरूको दिमागमा सँधै नकारात्मक सोच मात्र आइरहेको हुन्छ । जसकारण यस्ता खालका ब्यक्तिहरुमा आत्महत्याको भावना समेत बढी हुने गरेको पाइन्छ ।

Loading...