fbpx

कस्ता युवक मन पर्दैन् युवतीहरुलाई ?

विराटनगर ५ कात्तिक । व्यक्तिको शरीरको बनावट, रंग, बोली, व्यवहार तथा लुगा लगाउने तरिका र फेसनको आधारमा पनि मान्छेको स्वभावको बारेमा पत्ता लगाउन सकिन्छ । त्यसै गरी महिलाहरूले पहिलो पटक पुरुषलाई हेर्दा यस्ता विभिन्न कुराहरूमा विशेष ध्यान दिने गर्छन् । केटाहरूले गर्ने फेसनका कारण केटीहरू त्यस्ता केटाहरुबाट परै भाग्ने समेत गर्छन् ।

यूनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाले गरेको एक अध्ययनले पुरुषको आँखा, कपाल, दाह्री जुँगा र शरीरका साथै पुरुषले लगाएको लुगा तथा फेसन समेत महिलाहरुले ध्यान दिने गरेका छन् । तर, झ्याप्ले कपाल तथा दाह्री पाल्ने केटालाई युवतीहरुले मन पराउँदैनन् । केटाको तुलनामा लुगा तथा फेसनमा धेरै ज्ञान राख्ने हुँदा उनीहरूलाई यस्तो कुरामा धेरै चासो रहेको हुन्छ ।

गुण्डा जस्तो देखिने हुँदा महिलाहरूलाई उल्टो क्याप लगाउने युवक तथा बेल्टमा मोबाइल होल्डर राखेर हिँड्ने पनि मन पर्दैन् । शरीर मोटो देखियोस् भनेर ह्वाङ्ले लुगा लगाएका दुब्लो केटाहरूलाई ठूलो कपडामा नसुहाउने हुँदा त्यस्तो फेसनपनि मन नपराउने गरेको पाइन्छ । खुकुलो जीन्स पाइन्टमा बेल्ट नलगाउने केटाहरूलाई पनि युवतीको नजरमा नराम्रो मानिन्छ ।

फेसनेबल हुने सोचका साथ जिममा लगाउने जुत्ता लगाएर अफिस जाने केटाहरू पनि युवतीहरुको नजरमा नराम्रो मानिन्छ । भद्दा वा मोटो शरीर भए पनि युवतीहरूले मन पराउन सक्छन् तर, भुँडी देखिने गरि छोटो सर्ट लगाउँदा केटीहरूलाई त्यस्तो मन नपर्ने हुन्छ । असाध्यै लामो वा एकदमै छोटो टाई लगाउने केटा पनि राम्रो नलाग्ने युवतीहरुले बताएकाछन् ।

केटाहरूको आँखा, कपाल, ओठ, दाँत, चौडा काँध र छाती, मस्कुलर तथा बलियो शरीर र बोल्ने तरिकाले महिलाहरूलाई निकै आकर्षित गर्ने हुँदा केटाहरूले यस्ता कुरातर्फ बढी ध्यान दिनुपर्छ ।

Loading...