fbpx

निश्चल र स्वस्तिमाको ‘घामड शेरे’लाई चोरीको आरोप

काठमाडौं, ५ कात्तिक । कार्तिक ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘घामड शेरे’ को ट्रेलर सार्वजनिक भएसँगै फिल्मलाई चोरीको आरोप लागेको छ । सामाजिक संजालमा चर्चित निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का अभिनित ‘घामड शेरे’ लाई बलिउडका अभिनेता अक्षय कुमारको फिल्म ‘ओ माई गड’ को कथा वस्तु चोरीको आरोप लागेको हो ।

बलिउड फिल्म‘ओ माई गड’ मा भगवान मुद्दा हाल्ने र ‘घामड शेरे’ मा खोलालाई मुद्धा हाल्ने विषयवस्तुमा मिल्न जादा ट्रेलर हेर्ने दर्शकहरुले विभिन्न किसिमका चोरीको टिका–टिप्पणीहरू गर्दै आएका छन् । यस विषयमा फिल्मका निर्देशक हेमराज विसीले दुई फिल्मको कथावस्तु निकै फरक रहेको दाबी गरेका छन् ।

फिल्मका मुख्य अभिनेता निश्चलले पनि फिल्मको कथा सुन्दा आफ्नो दिमागमा ‘ओ माई गड’ को सम्झना आएको तर, फिल्मको स्क्रिप्ट पढ्दा कथावस्तु निकै बेग्लै पाएको जनाएका छन् ।

फिल्मको ट्रेलर हेरेर मात्र फिल्मको कथावस्तु थाहा नहुने हुदा फिल्म प्रदर्शनमा आएपछि दर्शकहरुले बलिउड फिल्मको कथावस्तु विल्कुलै फरक पाउँने निर्देशक विसीले बताए ।

उनले फिल्मको कथा ‘होस्टेल’ अगाडि नै तयार गरेको र त्यती बेला ‘ओ माई गड’ रिलिज नभएको पनि खुलाए । अहिलेको दर्शकलाई झुक्याउन नसक्ने र फिल्म कपी नै गर्नुपरे आधिकारिक रुपमा राइट्स लिएरै कपि गर्ने भन्दै फिल्मको कथावस्तु सुर्खेतको आसपासमा घटेको एउटा घटनासँग नजिक भएर बनेको स्पष्टिकरण दिए ।

रोमान्टिक तथा कमेडी जनरामा आधारित भएर निर्माण गरिएको फिल्ममा निश्चल र स्वस्तिमाका साथ सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याल र रोय लगायत कलाकारको अभिनय रहेको छ । फिल्ममा अभिनेत्री गौरी मल्लको अतिथि भूमिकामा रहेको छ ।

Loading...