अध्ययन भन्छ -नङ पालिसको प्रयोगले शरीरको तौल बढ्छ

धेरै जसो महिलाहरूले नङलाई सुन्दर र आकर्षक देखाउनका लागि नङ पालिसको प्रयोग गर्छन् । विभिन्न थरिका रंगहरु भएको सस्तो देखि लिएर ब्रान्डेड नङ पालिसहरु सजिलै बजारमा उपलब्ध छन् । नङ पालिस लगाएको खण्डमा नङलाई छोपिने गर्छ ।

नङ पालिस लगाउँदा नङले हावा नपाउने हुँदा नङको विकासमा अवरोध आउनुका साथै नङ कालो हुने तथा नङमा समस्याहरु देखा पर्न सक्ने धेरैलाई थाहा होला । तर, नङ पालिसको प्रयोगले नङलाई मात्र नभएर शरीरको तौललाई समेत असर गरेको अनुसन्धानले देखाएको छ ।

ड्युक युनिभरसिटिका बैज्ञानिक जोहना कांगलटनले गरेको एक अध्ययनका अनुसार नङ पालिसको प्रयोगको कारण तौल पनि बढ्न सक्ने खुलासा भएको छ ।

दुई दर्जनभन्दा बढी महिलामा गरिएको एक अध्ययन अनुसार शरीरमा हर्मोनहरुको उत्पादनमा समस्या आउने भएको कारणले गर्दा शरीरको तौल बढ्नुका साथै शरीरमा अन्य समस्याहरु पनि उत्पन्न हुन थाल्छ ।

नङ पालिसमा प्रयोग हुने केमिकल दाइफेनाइल फोस्फेट अर्थात् दिपिएचडीले शरीरलाई निकै धेरै असर पुर्याइरहेको हुन्छ । नङ पालिस लगाएको १० घण्टादेखि १४ घन्टामा शरीरमा नङ पालिसमा प्रयोग भएको केमिकल देखिन्छ । जसले हर्मोन उत्पादन गर्ने इन्डोक्राइन ग्रन्थीमा गढबढ गर्ने गर्छ ।

नङ पालिस लगाउने महिलाहरुको नङ टोक्ने बानी छ भने, त्यसमा भएको विभिन्न केमिकलहरु शरीरभित्र सजिलै पस्ने हुँदा पेट सम्बन्धी विभिन्न समस्याहरू समेत उत्पन्न गराउन थाल्छ । नङ पालिसमा पाइने तोउलिन नामक केमिकलले गर्भावस्थामा आमा र बच्चालाई हानी पुर्याएर पेट भित्रको बच्चाको शारीरिक विकासमा अवरोध सृजना गराउनका साथै गर्भपतनको समेत समस्या निम्त्याउन सक्छ ।

Loading...