fbpx

दुर्गेशले युट्युबबाट हटाए विबादास्पद ‘तिहार गीत’

काठमाडौं, ५ कात्तिक । गायक दुर्गेश थापाले आफ्नो विवादित तिहार गीत युट्यूबबाट हटाएका छन् । मंगलबार पक्राउ परेका थापाले प्रहरीको आग्रपछि गीत हटाएका हुन् ।

थापाको गीतका विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो । थापाको गीतले देउसीलाई विकृत तरिकाले प्रस्तुत गरेको र संस्कृति विगारेको आरोप छ ।

‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने अंश कानूनी रुपमा विवादमा तानिएपछि उजुरीमा परेका दुर्गेशलाई पक्राउ गरेको हो । देउसी भैलोको गीत बिगारेर अवान्छित शव्द प्रयोग गरेको र ‘तिहार’ जस्तो चाडलाई पनि विकृत रूपमा व्याख्या गरेको आरोपमा छ ।

Loading...