fbpx

भान्सामा तेल राख्दा यी कुरामा ध्यान दिनुहाेस्

धेरै जसो मानिसहरूले भान्सामा सही तरिकाले तेल राखेका हुदैनन् । जसकारणले उनीहरूले दैनिक रुपमा अस्वस्थकर तेलको सेवन गरेर स्वास्थ्यमा हानी पुर्याइरहेको थाहा पाउदैनन् ।

बजारबाट ल्याएका किनेर ल्याएका स्वास्थ तेललाई राम्रो भाँडोमा राख्न नजानेको खण्डमा उक्त तेलको सेवन गर्दा अस्वस्थकर हुन सकिन्छ । भान्सामा तेल अस्वस्थकर हुने मुख्य कारण भनेको खुला मुख भएको भाँडो हो । खोने तेललाई जहिले पनि साघुँरो मुख भएको सफा भाँडोमा राख्ने गर्नु पर्छ ।

खुला मुख भएको भाँडोमा राखेको तेलमा अक्सिजन धेरै र मजाले छिर्न पाउछ । तेलमा अक्सिजन मिसिनु भनेको केही मात्रामा पानी पर्नु हो । यस्तो अवस्थामा तेल चाँडै बिग्रिने हुन्छ ।

तेल एक प्रकारको फ्याटी एसिड भएको कारणले अक्सिजन र पानी मिसिन जादा यी दुई बिचको रियाक्सन पछि फ्री फ्याटी एसिडमा परिणत हुन्छ । जसले गर्दा तेल भित्र साना सङ र्याडिकलहरु तयार हुन्छन् जुन शरीरमा पर्दा रियाक्टिभ हुने हुदा स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ ।

लामो समयसम्म एउटै भाँडोमा तेल राख्दा पनि तेल बिग्रिन सक्छ । तेल राख्ने भाँडो समयमा बदल्नुका साथै पटक पटक सफा गरिरहनु पर्छ । एकपटक प्रयोग गरी सकेको तेललाई तत्काल अर्को परिकारमा प्रयोग गर्न सकिन्छ । तर, उही तेललाई पटक पटक तताउँदै र सेलाउँदै प्रयोग गर्दा हानिकारक हुन सक्छ ।

विभिन्न अनुसन्धानका अनुसार एकपटक केही कुरा तार्नका लागि प्रयोग गरिसकेको तेललाई फेरी पनि प्रयोग गरेमा त्यस्तो तेलले हाम्रो स्वास्थ्यमा निकै नकारात्मक असर पुर्याउने गर्छ । तेल जब तताइन्छ, त्यसमा भएको पोषक तत्वहरु नस्ट भएर जाने गर्छ र पटक पटक तताएमा त्यो विषाक्त समेत बन्न जान्छ । यस्तो तेललाई अर्को ताजा तेलमा मिसाउनु पनि हानिकारक हुन सक्छ ।

Loading...