fbpx

महिला च्याम्पियन्स लिग : सेमिफाइनलमा चुक्यो विराटनगर, काठमाडौं फाइनलमा प्रवेश

काठमाडौं, ५ कात्तिक । काठमाडौंमा जारी महिला च्याम्पियन्स लिग(डब्लुसील) को सेमिफाइनल खेलमा विराटनगरलाई पराजित गर्दै क्याट क्विन्स काठमाडौं फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा मंगलबार भएको खेलमा विराटनगर टाईटन्सलाई पराजित गर्दै काठमाडौं फाइनलमा प्रवेश गरेकाे हाे ।

काठमाडौंले विराटनगरलाई ९ विकेटले पराजित गरेको हाे । काठमाडाैंकाे जितकालागि कप्तान रूविना क्षेत्रीले उत्कृष्ट प्रदर्शन गरिन् । उपाधिकालागि काठमाडौंले चितवन राइनोजसँग प्रतिस्पधा गर्नेछ । विराटनगर भने प्रतियोगिताबाट बाहिरिएको छ ।

टस जितेर पहिले ब्याटिङ राेजेकाे विराटनगरले ६८ रनको झिनो स्कोर तयार पारेको थियो । ६९ रनको लक्ष्य पछ्याएको काठमाडौंले ९ ओभर ५ बलमा १ विकेटको क्षतिमा जित दर्ता गर्याे ।

काठमाडौंका लागि कप्तान रुबिना क्षेत्रीले ३४ रन जोडिन् । अप्सरी बेगमले अविजित २७ रनको योगदान गरिन् । विराटनगरलाई सस्तैमा समेट्न काठमाडौंकी कप्तान रुबिना क्षेत्रीले ४ विकेट लिएकी थिइन् ।

प्रतियोगिताको विजेता टोलीले ७ लाख रुपैयाँ पाउने छन् । उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ ।

Loading...