fbpx

तिहारकालागि माटोको भाडा बनाउन भ्याइनभ्याई

इनरुवा, ५ कात्तिक । तिहार तथा छठ पर्व नजिकिएसँगै सुनसरी सदरमुकाम इनरुवा–२ स्थित कुम्भकार समुदायलाई माटोका भाँडा बनाउन र बिक्री गर्न भ्याइनभ्याई भएको छ । बजारम धेरै माग हुने भएका कारण उनीहरुलाई भ्याई नभ्याई भएको हो ।

एक बिहानैदेखि अबेर रातीसम्म माटोको भाडा बनाउने काममा व्यस्त छन् । सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायतका स्थानका कुम्भकार समुदायले चाडपर्वलाई सहज बनाउने उद्देश्यले माटोको भाडा बनाउने काममा व्यस्त बनेको स्थानीय श्रीप्रसाद पण्डितले बताए ।

कुम्भकार समुदायले दीपावली तथा छठ पर्वलाई लक्षित गरी माटोको घैला, दियोसहितका विभिन्न किसिमका भाडाकुँडा बनाउने गर्छन् ।

भाडो बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिबाट नै माटोको जाहो गर्ने गरेको छ । एक महीना अगाडिसम्म विभिन्न समस्याका कारण माटो ल्याउन नसक्दा भाडो बनाउनमा ढिलो हुने भएका कारण आफूहरु अहिलेदेखि नै भाडा बनाउने काममा लागेको स्थानीयवासी देवनारायण पण्डितको भनाइ छ ।

नजिकमा माटो नपाइने भएकाले टाढाबाट माटो खरीद गरी ल्याउनुपर्ने बाध्यता रहेकाले हतारमा काम गर्नुपर्दा व्यस्त बनेको छ ।

तिहार र छठ पर्वका लागि आवश्यक पर्ने माटोको भाडा बनाउँदा बनाउँदै दिन बित्छ, सियाराम पण्डित भने,“तिहार र छठ पर्व मेरो लागि वर्षभरिको ऋण चुक्ता गर्ने अवसर हो ।’ रासस

Loading...