fbpx

गायक दुर्गेश थापा पक्राउ

काठमाडौं, ५ कात्तिक । तीजमा ‘हामी पनि नाच्नु पर्छ बीच्च बीच्चमा’ बोलको गीत बाट चर्चामा आएका गायक तथा मोडल दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । तिहारको लक्षित विवादित गीत प्रस्तुत गरेपछि प्रहरीले थापालाई पक्राउ गरेको हो ।

‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने अंश कानूनी रुपमा विवादमा तानिएपछि उजुरीमा परेका दुर्गेशलाई पक्राउ गरेको हो । देउसी भैलोको गीत बिगारेर अवान्छित शव्द प्रयोग गरेको र ‘तिहार’ जस्तो चाडलाई पनि विकृत रूपमा व्याख्या गरेको आरोपमा दुर्गेशलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

दुर्गेशसँग सोधपुछ गरेर ‘ह्याप्पी तिहार चिसो बियर’ गीतको अबान्छित शब्द हटाएर वा गीतलाई नै युटुबबाट हटाएर मात्र उनलाई छोड्ने तयारी प्रहरीले गरेको छ ।

गीतको शब्दमा बियर र गाँजाको धेरै पटक प्रयोग भएको तथा भिडियोमा देखाइएको मदिराजन्य दृश्यमा दर्शकलाई लागूऔषध या मदिराजन्य पदार्थ समाजका लागि हानिकारक हुन्छन् भनेर सूचित सम्म नगरेको हुदा दुर्गेश बिरुद्ध काठमाडौंमा उजुरी परेको हो ।

Loading...