fbpx

च्याम्पियन्स लिग : युभेन्टस र लोकोमोटिभ मस्को भिड्दै, अन्य आठ खेल पनि आजै

विराटनगर, ५ कात्तिक । च्याम्पियन्स लिगमा आज विभिन्न आठ खेल हुदै छन् । समुह चरणको तेस्रो राउण्डको खेलमा विश्वचर्चित क्लबहरुले प्रतिस्पर्धा गर्दैछन् । मंगलबार राति युभेन्टस, पिएसजी, रियल मड्रिडसहितका चर्चित क्लबहरू प्रतिस्पर्धामा उत्रदैछन् ।

मंगलबार राति क्रिस्टियानो रोनाल्डो सहभागि रहेको इटालियन क्लब युभेन्टसले लोकोमोटिभसँग प्रतिस्पर्धा गर्दैछ । राति १२ : ४५ बजेबाट सुरू हुने खेलमा दुबै टोली जितको खोजीमा हुनेछन् । एक खेलमा जीत र एक खेल बराबरी खेल्दै ४ अंक बटुलेको युभेन्टस एक खेलमा जीत र एक खेलमा पराजित हुँदै ३ अंक बटुलेको लोकोमोटिभ मस्कोमाथि स्पष्ट जीतको खोजीमा हुनेछ ।

मंगलबार राति नै स्पेनिस क्लब रियल मड्रिडले गालाटासरी क्लबसँग प्रतिस्पर्धा गर्दैछ । सो खेल १२ :४५ मा नै सुरु हुनेछ ।

एथ्लेटिको मड्रिडले बायर क्लबसँग प्रतिस्पर्धा गर्दा इंग्लिस कल्ब म्यानचेस्टर सिटी एटलान्टा क्लब विरुद्ध मैदान उत्रनेछ । जर्मन क्लब बार्यन म्युनिखले ओलम्पियाकोससँग प्रतिस्पर्धा गर्दैछ ।

फ्रेन्च क्लब पिएसजीले बुग्री क्लबसँग प्रतिस्पर्धा गर्दैछ भने इंग्लिस क्लब टोटनह्यामले कारेभेना ज्योभेडासँग प्रतिस्पर्धा गर्दैछ । शाख्तर डानेस्टक क्लबले डाइनामाे जाग्रेबसँग प्रतिस्पर्धा गर्दैछ ।

Loading...