fbpx

कासघारीमा नवजात शीशुको शव

सुनसरी, ५ कात्तिक । सुनसरीको कोशी गाउँपालिका– ४ स्थित जुद्दगंज चोक नजिकै रहेको कासघारीमा नवजात शीशुको भव भेटिएको छ । सडकबाट १० मिटर दक्षिण रहेको कासघारीमा सालनाल सहितको नवजात शीशुको शव फेला परेको हो ।

सोमबार राति साढे ८ बजे रातो बुट्टे साडीले पोको पारेको अवस्थामा शिशुको शवलाई स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अस्थायी प्रहरी पोष्ट शिवचौक कटानबाट प्रहरीको टोली खटिएको थियो भने थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।

Loading...