fbpx

सवारी दुर्घटनामा परी झापामा दुईजनाको मृत्यु

झापा, ५ कात्तिक । छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सोमबार राती ८ बजेको समयमा झापाको दुधेबाट शिवगंज तर्फ जाँदै गरेको मे २ प ३५३९ नम्बरको मोटरसाईकले पैदल यात्री झापाको बुद्धशान्ति गाउँपालिका– ३ बस्ने ४२ वर्षिय ईन्द्रबहादुर दंगालको मृत्यु भएको छ ।

ठक्करबाट घाइते भएका दंगालको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

झापाको कमल गाउँपालिका– ३ कमल पुल छेउमा बस आफै अनियन्त्रित भइ पल्टिदा १ जनाको मृत्यु भएको छ भने १ जना गम्भिर घाईते भएका छन् । सोमबार राति पौने १२ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे १ ख ३०८७ नम्बरको बस आफै अनियन्त्रित भएर पल्टिएको थियो ।

दुर्घटनामा परेर गम्भिर घाईते भएका झापाको दमक नगरपालिका– ८ बस्ने २६ वषिय शंकर पौदार र सोही स्थानका २६ वर्षिय पप्पु चौधरी घाइते भएका थिए । घाइते मध्ये शंकर पौदारको लाइफ लाइन अस्पताल दमकमा उपचारका क्रममा मृत्यु भएको हो ।

Loading...