fbpx

सुन्दर देखिन सुत्नुअघि यसो गर्नुहोस्

दिनभरी सुन्दर देखिनका लागि अनेकौं साधन, विभिन्न प्रकारको मेकअपका सामग्री तथा उपायहरु अपनाए पनि धेरै जसो मानिसहरू रातिको समयमा अनुहारलाई वास्ता गर्दैनन् । सुन्दर अनुहारका लागि अनिवार्य रुपमा छ्लाको ध्यान दिनु आवश्यक हुन्छ ।

अनुहारमा विहान र दिउँसोको समयमा लगाएको मेकअप, बाहिरको बातावरण प्रदुषणबाट टासिएको धुलो, पसिना, घामको हानिकारक प्रकाशले छालामा निकै ठूलो समस्या देखिन सक्छ ।

सुत्नुअघि छालाको कुनाकुनामा लागेको मेकअप तथा अन्य फोहोर राम्रोसँग हटाउन जरुरी हुन्छ । जहिले सुत्नु अगाडी मेकअप लगाएको छ भने हटाएर, अनुहार धोएर,मात्र सुत्नु पर्छ । यदि दिउँसो मेकअप गरिएको छ भने राति सुत्नुअघि सुरुमा मेकअप रिमुभर, गुणस्तरीय लोसन, क्लिंजिंग क्रिम वा तेलले पुछेर मात्र अनुहार पखाल्नुपर्छ । मेकअपका साथसाथै दिनभरको धुवाँ, फोहोर, धुलोमैलो अनुहारको छालाको रौँ छिद्रमा टासिएको हुँदा पानीले धुदा मात्र सफा नहुने हुँदा अनुहार पुछेर सफा गरेर मात्र धुनुपर्छ ।

त्यसका लागि हरेक दिन फेसवासले मुख धुन बिर्सनु हुँदैन् । अनुहारको सफाइका लागि फेसवासका साथै, क्लिंजिंग क्रिम र स्क्रबको पनि त्यतिकै महत्व राख्छ । तर, हरेक दिन स्क्रब गर्नु भने हुँदैन् ।

हप्तामा दुई या तीन दिन सुत्नुअघि स्क्रब गर्दा अनुहारको ब्ल्याकहेड्सहरू सफा भइ अनुहार चम्किलो हुन्छ । हप्तामा एकपटक फेसप्याक लगाउनु पनि आवश्यक हुन्छ । मुख धोए पछि अनुहारमा टोनरको प्रयोगले छाला कसिलो बनाउने हुदा छालालाई चाउरी तथा खुकुलो हुन दिँदैन ।

सुत्नुअघि समय मिलाएर अनुहारमा मोस्चराइजर लगाउनु बिर्सनुहुँदैन । सुन्दरता कायम राख्न गुणस्तरीय सामग्रीहरूको प्रयोग गर्नुका साथ साथै पोषणको पनि त्यतिकै आवश्यक हुन्छ । त्यसैले प्रोटिनयुक्त सागसब्जी तथा खानाको सेवन, प्रसस्त मात्रामा पानी, मौसम अनुसारको फलफुल, जंक फुड, चुरोट, रक्सी तथा सुर्तीजन्य पदार्थको त्याग गरेमा अनुहारलाई स्वास्थ्य राख्न सकिन्छ ।छालाको चमकलाई टिकाइराख्न सातदेखि आठ घन्टासम्मको मिठो निद्राको जरुरी हुन्छ ।

Loading...