fbpx

तीन हप्तामा ‘वार’ ले बनायो यस्तो रेकर्ड

विराटनगर, ५ कात्तिक । बलिउड चलचित्र ‘वार’ले विभिन्न रेकर्ड तोडेको छ । २ अक्टोबरबाट प्रदर्शनमा आएको ‘वार’ तेस्रो हप्तामा प्रदर्शनमा रहदा समेत बक्स अफिसमा धमाका मचाउदै विभिन्न रेकर्ड बनाएको हो ।

बलिउडका दुई चर्चित अभिनेता ऋतिक रोशन र टाइगर श्राफ अभिनित फिल्मले तीन हप्तामा भारतमा मात्र ३०० करोड कमाउन सफल भएको छ ।

सन् २०१९ मा ओपनिङ डे मा सबैभन्दा धेरै कमाउने फिल्म बनेको ‘वार’ ले हाइएस्ट ओपनर हिन्दी फिल्म, ऋतिक–टाइगर तथा यशराज फिल्मसको हाइएस्ट ओपनर, टाइगर–ऋतिकको करिअरको हाइएस्ट ओपनर फिल्म बनेको छ ।

तीन सय करोड क्लबमा इन्ट्री हुना साथ २०१९ को सबैभन्दा चाँडो तीन सय करोड कमाउने फिल्म बन्दै २०१९ को सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म पनि सावित भएको छ ।

ऋतिक र टाइगरको पहिलो पटक सहकार्य गरेको फिल्मले ओपनिङ डेमा ५३ करोड ३५ लाखको विजनेश गर्दै आमिर खानको ‘ठग्स अफ हिन्दुस्तान’ ओपनिङको रिकर्ड तोडेको थियो । त्यसपछि शाहिद कपूर अभनिति फिल्म ‘कबीर सिंह’ को २ सय ७८ करोडको कलेक्सनलाई उछिन्दै ‘वार’ भारतको सबैभन्दा धेरै कमाउने फिल्ममा सामेल भएको हो ।

प्रदर्शनको तीन दिनमा सय करोड कमाएर एक नयाँ रेकर्ड बनाउदै एक हप्तामा २ सय करोड कमाएर सलमान खानको ‘भारत’ को रेकर्ड समेत ब्रेक गर्‍यो । एक्शन थ्रिलर जनरामा आधारित रहेर फिल्मलाई सिद्धार्थ आनन्दको निर्देशनमा तयार गरिएको हो ।

फिल्ममा ऋतिक रोशन, टाइगर श्राफसँगै वानी कपूरको मुख्य भूमिका रहेको छ । फिल्ममा ऋतिक र टाइगरको जबरजस्त एक्सन सिन र सस्पेन्स कथा रहेको छ । यशराज फिल्म्सको ब्यानरमा रहेर आदित्य चोपडाले ठूलो बजेटमा निर्माण गरेको ुवारुबाट ऋतिक र टाइगरले पहिलो पटक एउटै स्क्रिन शेयर गरेका हुन् ।

Loading...