फोक्सोमा हुने क्यान्सरको मुख्य कारण धुम्रपान, यस्ता छन् लक्षण

फोक्सोको क्यान्सर, जुन महिला र पुरुष दुवैमा क्यान्सरबाट हुने मृत्युको प्रमुख कारण बन्दै आएको छ । चिकित्सक तथा बैज्ञानिकहरूका अनुसार हरेक १० जना धुम्रपान गर्नेहरु मध्ये ८ जनालाई फोक्सोको क्यान्सर हुने सम्भावना देखिन्छ । फोक्सोका कोषहरुको असामान्य रुपमा वृद्धि भएर तिनले आफ्नो चरित्रमा परिवर्तन ल्याउँछन् तब फोक्सोको क्यान्सर हुने गर्छ ।

फोक्सोमा क्यान्सर भएमा फोक्सोको कोशिका अनियन्त्रित रुपमा बढ्ने गर्छ । र, उक्त कोषिका बढ्दै गई ट्यूमरको रुपमा परिणत हुन्छ ।  धुम्रपान, मदिरापान तथा सुर्तीजन्य पदार्थको सेवन लगायतका कारण पनि मानिसहरुमा फोक्सोको क्यान्सर हुने गर्दछ । धुम्रपानलाई फोक्सोको क्यान्सरमा प्रमुख कारक तत्व मानिएको छ ।

कार्डियो थोरासिक सर्जन डा.सम्पूर्णमान तुलाधरले बताए अनुसार धुमपान नगर्नेलाई फोक्सोको क्यान्सर नहुने भन्ने हुँदैन । तर, जोखिम भने धुमपान गर्नेमा धेरै हुन्छ । प्यासिभ स्मोकर अर्थात् चुरोट पिउनेहरूको अगाडी बस्दा हावा सँगै चुरोटको धुवा पनि तानिने हुदा फोक्सोको क्यान्सरको खतरा हुन्छ ।

त्यसबाहेक, फोक्सोको क्यान्सर वंशानुगत रुपमा नसर्ने भए पनि लाग्ने सम्भावना बढाउने हुँदा वंशाणुगत कारण, वायु प्रदुुषण, कमजोर रोग प्रतिरोधात्मक क्षमता, फोक्सो सम्बन्धि दिर्घकालीन रोग, एचआइभी संक्रमण भएका व्यक्ति लगायतका कारण पनि फोक्सोको क्यान्सर हुने गर्दछ ।

फोक्सोको क्यान्सर भएमा खोकी लाग्ने, कफ आउने, स्वा स्वा हुने, खकारमा दाग देखिने, एक्सरे गर्दा छातीमा दाग देखिने लगायतका लक्षण देखा पर्दछ । फोक्सोको क्यान्सरको प्रमुख लक्षण भनेको कफ आउने खालको खोकी लाग्ने भएकोले यदी कसैलाई बारम्बार खोकी लागेमा भने तूरुन्तै चिकित्सकका जचाउनु आवश्यक हुन्छ ।

फोक्सोको क्यान्सर आफैमा जटिल भएकाले यो रोग सजिलै पत्ता लगाउन नसक्ने हुदा धुमपान धेरै गर्ने मानिस, जोखिममा रहेका मानिसहरु तथा लक्षण देखापरेका मानिसहरूले निश्चित उमेर कटेपछि फोक्सोको क्यान्सर भए नभएको हेर्न बेलाबेलामा डाक्टरको परामर्श लिएर सिटी स्क्यान, पेट स्क्यान तथा रगतको जाच गरेर पनि फोक्सोको क्यान्सर भए नभएको सजिलै पत्ता लगाउन सकिन्छ ।

Loading...