fbpx

विप्लव समूहका केन्द्रीय सदस्य पक्राउ

चितवन, ५ कात्तिक । प्रहरीले नेत्रविक्रम चन्द समूहका केन्द्रीय सदस्य गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ । चितवन प्रहरीले मंगलबार बिहान भरतपुर महानगरपालिका–११ बसेनी क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ परेका लोहनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

Loading...