fbpx

को को परे बालोन डी’ओर अवार्डको पहिलो सुचीमा

विराटनगर ५ कात्तिक । यो वर्षको बालोन डी’ओर अवार्डका लागि पहिलो चरणमा छनोट भएका ३० खेलाडीको नाम सार्वजनिक भएको छ । गत सिजनको विजेता भएका लुका मोड्रिचले भने ३० खेलाडीको सुचीमा पर्न सकेनन् ।

सोमबार राती आयोजकले सार्वजनिक गरेको पहिलो चरण छनोटमा क्रिस्टियानो रोनाल्डो, भान डाइक, लियोनल मेस्सी, साडियो माने, मोहम्मद सलाह, सर्जियो गुइरो, बेर्नान्डो सिल्भा, पिएरी एमिरिक, रोबेर्टो फेरमिन्हो, एसिलोन, ट्रेन्ट एलेजान्देर आर्नोल्ड, हुगो लोरिस, रियाद महरेज पर्न सफल भएका छन् ।

यस्तै, केलियन एम्बाप्पे, रोबेर्ट लेवान्दोस्की, एन्टोनियो ग्रिजम्यान, इडेन हाजार्ड, करिम बेन्जिमा, रहिम स्टर्लिङ पनि शिर्ष ३० मा पर्दै पहिलो चरणमा स्थान बनाउन सफल भए । रोनाल्डो र मेस्सी दुवै छैटौँ पटक यो अवार्डको उपाधि उचाल्ने दाउमा रहेका छन् । पीएसजीका स्टार नेयमारले पनि यो सिजनको बालोन डि’ओरमा नाम राख्न सकेनन् ।

पहिलो चरणको छनोटमा पीएसजीका स्टार खेलाडी नेयमारले स्थान बनाउन सकेनन् ।

Loading...