fbpx

पत्रपत्रिकामा देश : पूर्वगृहराज्यमन्त्री नै भारतीय नागरिक

विराटनगर ५ कात्तिक । नेपालका पूर्वगृहराज्यमन्त्री तथा बहालवाला सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको खुलेको नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ ।

कँडेलले उत्तर प्रदेश महाराजगञ्जको कलेजको संचालक समितिको अध्यक्षमा स्थानीइ पूर्वप्रधान राजेश सिंहलाई हराएपछि आफू गोरखपुर निवासी भएको प्रमाण जुटाएर सपथ खाएका छन् । उनले भारतीय नागरिककै रुपमा सपथ खाएका हुन् । यो विषयमा अख्तियार अनुसन्धान आयोगमा उजुरी परेको छ । पूर्वगृहराज्यमन्त्री कँडेलले भने गोरखपुरको अस्थयी बासिन्दा भएको बताएका छन् । उनले नेपाली नागरिककै हैसियतमा भारतीय कलेजको व्यवस्थापन समितिको अध्यक्ष भएको बताएका छन् ।

रौटहटको राजपुरमा भएको बमकाण्डका पिडितहरु आलम छुट्ने डरले आतंकित शिर्षमा नागरिक दैनिकमा समाचार छ । मुख्य योजनाकार सांसद मोहम्मद अफताव आलम पक्राउ परेपछि विभिन्न धम्की आउन थालेपछि पिडितहरु डरको स्थितिमा रहेका छन् । बमकाण्डमा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बाबु श्री नारायण सिंहले केही गरिहाल्ने हुन् कि भन्ने त्रास रहेको बताए ।

आलम पक्राउकै विषयमा कान्तिपुर दैनिकले मुख्य समाचार छापेको छ । उतिबेलै गरिएको थियो सर्वस्वसहित जन्मकैदको मागदाबी शिर्षकमा कान्तिपुर दैनिकमा समाचार छ । तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला, गृह सचिव उमेश मैनाली र प्रहरी महानिरीक्षक ओमविक्रम राणाले रोतहट बम विस्फोटको घटना र घाइतेहरुको विषयमा जानकार नभएको बताएपनि प्रहरीले १२ वर्ष अघि नै आलमलाई सर्वस्वसहित जन्मकैदको सजाँय मागदाबी गरिएको खुलेको छ ।

आलमलाई सर्वस्वसहित जन्मकैदको मागदाबी लिएर जिल्ला सरकारी वकिलको कार्यालय पुगेको पाइएको हो । तर सरकारी वकिलको कार्यालयले प्रमाण र तथ्य भन्दा बाहिर गएर प्रतिवेदन बनाएको समाचार छ । वकिलको कार्यालयले अदालतसम्म तथ्य प्रमाण नपुर्याउँदा अभियुक्तहरुलाई उन्मुक्ति दिइएको श्रोतलाई उदृत गर्दै कान्तिपुर दैनिकमा समाचार छ ।

कुमार पौडेललाई पक्रेर गोली प्रहार गरेको मानव अधिकार आयोगको निष्कर्ष रहेको समाचार कान्तिपुर दैनिकले मुख्यपृष्ठमा छापेको छ । आयोगले हत्यामा संलग्न प्रहरीलाई कारबाही र आदेश दिने अधिकारीमाथि छानबिन गर्न निर्देशन दिएको छ । यस्तै चन्द समुहलाई वार्तामा ल्याई उसका गैरकानूनी गतिविधि नियन्त्रण गर्न सुझाब दिएको छ ।

चन्द समूहले भने वार्ताका लागि दुई सर्त अघि सारेको छ । आफूमाथिको प्रतिबन्ध हटाउनु पर्ने र पक्राउ परेका नेता कार्यकर्ता निःशर्त रिहा हुनुपर्ने सर्त चन्द समूहले अघि सारेको हो । चन्द समूहको गत असोजमा सम्पन्न आठौँ पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

Loading...