fbpx

पत्रपपत्रिकामा प्रदेश : ६ लेन सडकमा जताततै अवरोध

विराटनगर ५ कात्तिक । रानी विराटनगर इटहरी ६ लेनको व्यापारिक सडक निर्माण कार्य थालेको ६ वर्ष पुग्दापनि निर्माण कहिले सकिन्छ भन्ने यकिन हुन सकेको छैन् ।

काममा भइरहेको ढिलासुस्ती, निर्माणका क्रममा देखिएका समस्या र डीपीआर तयार गर्दा भएको गल्तीको कारण समयमा नै सम्पन्न गर्न नसकिने भएको हो । उद्घोष दैनिकमा छापिएको खबरमा विराटनगरको रानीदेखि इटहरी धरानसम्म बन्ने ६ लेन सडकको काममा ढिलासुस्ती भइरहेको उल्लेख छ । १० अर्बको सो सडक योजना ७ अर्बमा ठेक्का लागेर १४ टुक्रामा विभिन्न निर्माण कम्पनीले काम गरिरहेका छन् ।

पहिलो चरणमा विराटनगरको वरगाछीदेखि दूध फारमसम्म सडक बनाउन ३ वर्षे ठेक्का लगाएपनि अझै नाला र फूटपाथ बनिसकेको छैन् । आयोजना प्रमुख बद्री शर्माले सुनसरीको तरहरादेखि धरानको तीनकुनेसम्म जंगल क्षेत्रमा रुख कटान गर्नु पर्ने हुँदा वनको स्वीकृती चाहिने भएकाले प्रकृया अघि बढाइएको भन्दै वनको स्वीकृती आएपछि ठेक्का प्रकृया अघि बढाइने बताए । त्यसैगरि कतै टेलिफोन र विजुलीको पोल सार्ने काममा समस्या हुँदा सडक निर्माण रोकिएको छ । खानेपानीको पाइप सार्ने काम समेत नभएको स्थानमा पनि सडक निर्माणले गति लिन सकेको छैन् ।

उद्घोष दैनिकमा नै रेलवेको काम ठप्प शिर्षकमा मुख्यपृष्ठमा समाचार छ । भारतीय रेल मन्त्रालयले पैसा निकासा नगरेकाले बथनाहा विराटनगर इण्डो नेपाल रेल प्रोजेक्टको काम ठप्प भएको हो । लामो समयदेखि पैसा नआएपछि रेल परियोजनाको ठेकेदार कम्पनी इरकनले सो मातहतका ठेकेदारलाई रकम भुक्तानी गर्न नसक्दा काम पूर्ण रुपमा रोकिएको छ । परियोजनाको काम गुणस्तरहिन भएको समाचार आएपछि भारतीय रेल मन्त्रालयले पैसा निकासा नगरेको हो ।

कान्तिपुर दैनिकमा बक्राहा तटबन्ध : योजना ४९ करोड, निकास ५ करोड शिर्षकमा समाचार छ । बक्राहा नदीमा आउने बाढीले वर्षेनी गाउँबस्ती डुुबाउनुका साथै बालीनालीमा पनि ठुलो क्षती पुर्याउँदै आएको छ । नदीमा आउने बाढी नियन्त्रण गर्न ४९ करोडको लागतमा ६ वटा प्याकेजमा काम गर्नु पर्ने भएपनि सरकारले चालु आर्थिक वर्षमा ५ करोड ३५ लाख रुपैयाँ मात्रै बजेट छुट्याएको कोशी बक्राहा नदी व्यवस्थापन आयोजनाले जनाएको छ ।

झापामा सञ्चालकको लापरबाहीले कोल्डस्टोरेजमा राखेको लाखौँ मूल्य बराबरको आलु कुहिएको समाचार ब्लाष्ट टाइम्समा छ । झापाको विर्तामोडमा रहेको रोयल कोल्ड स्टोरेजमा भण्डारण गरिएको आलुको बिउ बिग्रिएको मेसिन तीन दिनसम्म नबनाउँदा कुहिएको हो । झापा गाउँपालिकाको को न्यू देउमाई कृषि सहकारी संस्थाले स्टोरेजमा ५ सय २४ बोरा आलु संकलन गरि राखेको थियो ।
जनविद्रोह दैनिकमा प्रदेश १ मा अमेरिकन फौजी किराको आतंक १० हजार घरधुरी प्रभावित शिर्षकमा मुख्य समाचार छ ।

Loading...