fbpx

नेपाली युवा वैज्ञानिकले जिते पदक

काठमाडौं ४ कात्तिक । रुसमा सम्पन्न ‘आठौँ एशिया व्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्ररेन्स’मा सहभागी नेपाली युवा वैज्ञानिकले स्वर्णसहित तीन पदक जितेका छन् । २३ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली युवा वैज्ञानिकले पदक जितेका हुन् ।

नेपालकोतर्फबाट सहभागी नौ विद्यार्थीमध्ये साउथ वेर्स्टन स्टेट कलेज वसुन्धराका विद्यार्थी स्वराज सागर प्रधानले गोल्ड मेडल जिते । प्रधानले २३ मुलुकका प्रतिष्पर्धीलाई उछिन्दै स्वर्ण पदक जितेका हुन् । ‘युज अफ माइक्रोस्याटलाइट फर ग्लोबल कनेक्टीभिटी, हाइस्पिड ट्रान्समिशन एण्ड डाटा एनालाइसिस’ विषयमा उनले स्वर्ण जितेका हुन् ।

यस्तै अस्मिता स्कुलकी दीक्षा सञ्जेल र काठमाडौँ मोडेल कलेजका ऋषिकुमार गुप्ताले ब्राउन्ज मेडल जिते । रुसमा अक्टोबर १४ देखि १९ सम्म आठौँ एशिया प्यासिफिक युवा वैज्ञानिकको अन्तरराष्ट्रिय सम्मेलन भएको थियो । नेपाल पोलिमर इस्टिच्युट काठमाडौँको पहलमा सम्मेलनमा विभिन्न कलेजका नौ नेपाली विद्यार्थीले प्रस्तुति दिएका थिए ।

Loading...