fbpx

अमेरिकाले तत्काल अफगानिस्तानबाट सैनिक नफर्काउने

काबुल, ४ कात्तिक । अफगानिस्तानबाट अमेरिकी सैनिक सिरियामा जस्तो अहिले नै फिर्ता नहुने अमेरिकी रक्षामन्त्री मार्क एस्परले बताएका छन् । अमेरिकाले सिरियाबाट आफ्नो सेनालाई फिर्ता बोलाउने चर्चा चलिरहेका समय अफगानिस्तानबाट पनि अमेरिका फर्किनसक्ने सम्भावना रहेको चर्चा चलिरहेको बेला यस्तो धारणा सार्वजनिक भएको हो ।

टर्कीले उत्तरी सिरियामा अमेरिकी समर्थन प्राप्त कुर्दिस समुदायको सुरक्षा इकाई कुर्द लडाकुमाथि हमला गरिरहेको बेला अमेरिकी राष्ट्रपतिको निर्देशनमा करिब १ हजार सैनिक फिर्ता गर्ने उल्लेख गरिएको थियो । सिरियाबाट सेना फिर्ता गर्ने विषयलाई अमेरिकी राष्ट्रपतिको रिपब्लिकन पार्टीसमेत डेमोक्रेटिक पार्टीले पनि कुर्दिस लडाकूमाथिको घात हुने भनी चर्को आलोचना गरिरहेको छ । अमेरिकाले सिरियामा कूर्दिस लडाकूको सहयोगमा स्लामिक स्टेट (आइएस) जिहादी समूहमाथिको कारबाहीलाई सशक्त बनाएको थियो ।

अफगानिस्तानमा नेटोको दृढ सहयोग अभियानबारे राजधानी काबुलमा अमेरिकी रक्षामन्त्री एस्परले अमेरिकाले अफगानी नागरिकसँग अफगानिस्तानमा स्थायी शान्ति र स्थायित्व कायम नहुँदासम्म सघाइराख्ने दीर्घ प्रतिवद्धता प्रकट गरेको बताए । उनले अमेरिका अफगानिस्तानबाट यत्तिकै नफर्किने बताएका हुन् । अमेरिकाले अफगानिस्तानमा सन् २००१ देखि सैनिक तालिम, हतियारलगायतका सहयोग गर्दै आएको छ ।

Loading...