fbpx

फिलिपिन्सका ९ हजार प्रहरी कारबाहीमा

मनिला ४ कात्तिक । फिलिपिन्समा पछिल्ला केही बर्षमा नौ हजारभन्दा बढी प्रहरी कारबाहीमा परेका छन् । फिलिपिन्सको राष्ट्रिय प्रहरीले सन् २०१६ को जुन ३० देखि अहिलेसम्म ९ हजार १ सय ७२ जना प्रहरीलाई कारबाही गरिएको हो ।

कारबाहीमा परेका प्रहरीको संख्या कुल प्रहरीको संख्याको ४.७ प्रतिशत रहेको पनि प्रहरी उच्च अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।कार्यवाहक प्रहरी प्रमुख फ्रान्सीस्को गाम्बोआले सोमबार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार खराब तथा भ्रष्ट प्रवृत्तिका प्रहरीहरू कारबाहीमा परेका हुन् ।

कारबाहीमा परेकामध्ये दुई हजार ८ सय ६ जनालाई सेवाबाटै निस्कासन गरिएको छ । निस्कासनमा परेकामध्ये केही प्रहरी लागुऔषधको कारोबारमा संलग्न भएको पाइएको गोम्बोआले बताए । फिलिपिन्समा सरकारले लागूऔषध विरुद्धको कारबाही अभियानलाई तीव्रता दिइरहेको छ । त्यसमा संलग्न देखिएका प्रहरी तथा अन्य सरकारी अधिकारीहरू पनि कारबाहीमा परेका हुन् । यस्तो कारबाही अभियान निरन्तर रहेको अधिकारीहरूले जनाएका छन् ।

Loading...