fbpx

रोनाल्डो छँदा रियल मड्रिड बलियो थियो : मेस्सी

एजेन्सी, कात्तिक ४ । अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले आफ्ना खास प्रतिद्वन्द्वी तथा युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो स्पेन छँदा रियल मड्रिड बलियो भएको बताएका छन् । स्पेनिस क्लब बार्सिलोनाका कप्तानसमेत रहेका मेस्सीले केही दिनअगाडि अर्जेन्टिनी रेडियो ‘रेडियो मेट्रो’सँगको अन्तर्वार्ताका क्रममा यस्तो बताएका हुन् ।

सन् २०१८ मा पोर्चुगलका स्टार रोनाल्डो इटालियन क्लब युभेन्टस गएका हुन् । ९ वर्षे रियलको बसाइ छोडेर इटाली गएका उनले युभेन्टसलाई नयाँ गति दिइसकेका छन् । युभेन्टसलाई सिरी ‘ए’ र सुपरकोपा इटालियाको उपाधि दिलाइसकेका ३४ वर्षीय रोनाल्डो इटाली गएपछि ला लिगा क्लब रियलको प्रदर्शन खस्किएको देख्न सकिन्छ ।

dsf

बार्सिलोनाका स्टार मेस्सीको धारणा पनि यस्तै छ । मेस्सीले पनि रियललाई रोनाल्डोको अभाव खड्किएको बताएका छन् । उनले भनेका छन्, ‘रोनाल्डो छँदा रियल बलियो थियो । जब उनी त्यहाँ थिए, धेरै राम्रो थियो । अहिले त्यस्तो छैन ।’

यसैगरी मेस्सीले रोनाल्डो छँदा ला लिगाको महत्त्व विशेष रहेको बताए । रोनाल्डो रहँदा ‘एल क्लासिको’ अmझै विशेष हुने बताउँदै उनले भने, ‘उनले एल क्लसिकोलाई अझै धेरै विशेष बनाएका थिए । त्यस्तै उनले ला लिगाको महत्त्वलाई पनि बढाएका थिए ।’

बिगत १० वर्षयता समान पाँच–पाँच पटकका विजेता मेस्सी र रोनाल्डोबीचको प्रतिद्वन्द्विता बढेको छ । तर, रोनाल्डोले ला लिगा छोडेर सिरी ‘ए’ खेल्न थालेपछि यी दुईले एक अर्कालाई बेला–मौकामा सम्झिरहन्छन् । केही समयअघि मात्र मेस्सीले रोनाल्डोको रियल छोड्ने निर्णय गलत भएको बताएका थिए ।

उनले ‘रेस वान’ मिडियालाई दिएको अन्तर्वार्ताको क्रममा रोनाल्डोले रियल मड्रिड नछोडेको भए बेस हुने बताएका थिए । ‘रोनाल्डोले युभेन्टस सरुवा हुने निर्णय गरे तर, म चाँहि उनी रियलबाटै निरन्तरता दिऊन् भन्ने चाहन्थेँ । किनकी, उनीबिनाको ला लिगा गुणस्तरको छैन र विशेषगरी उनीबिनाको ‘एल क्लासिको’को स्वाद छैन ।’

Loading...