fbpx

बालोन डी‘ओरको मनोनयन सार्वजनिक हुँदै

एजेन्सी, ४ कात्तिक । फुटबलकै सर्वाधिक प्रतिष्ठित अवार्ड बालोन डी‘ओरको मनोनयन आज सार्वजनिक हुँदैछ । फ्रान्स फुटबल र फिफाले संयुक्त रूपमा प्रदान गर्ने उक्त अवार्डको मनोनयन आज सार्वजनिक हुन लागेको हो ।

tedg

तीन स्टार खेलाडी लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र भर्जिल भान डाइकसहित ३० जनाको सूची आज सार्वजनिक हुनेछ । अर्जेन्टिनी स्टार मेस्सी र पोर्चुगलका स्टार रोनाल्डो समान पाँच–पाँच पटकका बालोन डी‘ओर विजेता हुन् । तर, लिभरपुलका स्टार भान डाइकलाई यस सिजन प्रमुख दाबेदारका रूपमा हेरिएको छ ।

सन् २०१८ को च्याम्पियन्स लिगका विजेता भान डाइक यसै अगस्टमा ‘यूइएफए प्लेयर अफ दि इयर’ बन्न सफल भए । यता, बार्सिलोनाका कप्तान मेस्सी पनि यस अवार्डका प्रमुख हकदारको रूपमा हेरिएको छ । मेस्सीले अघिल्लो महिना मात्र फिफाको ‘द बेस्ट मेन्स प्लेयर’को अवार्ड हात पारेका थिए । यता, युभेन्टसका स्टार रोनाल्डोले भने यो सिजन ठूला अवार्ड हात पारेका छैनन् ।

Loading...