अध्ययनको निष्कर्ष : सित्तैमा खान पाउने लोभले पनि महिलाहरू डेटिङ जान्छन्

विराटनगर, ४ कात्तिक । सित्तैमा खान पाउने लोभले पनि महिलाहरू डेटिङ जान सक्ने कुरा एक अनुसन्धानको निष्कर्ष छ । अजुसा प्यासिफिक युनिभर्सिटी र युनिभर्सिटी अफ क्यालिफोर्निया मेरेडले गरेको एक अध्ययनपले सित्तैमा खाना खानकै लागि पनि केही महिलाहरू पुरुषहरूसँग डेटमा जाने गरेको तथ्य पत्ता लगाएको हो ।

अध्ययनका अनुसार सबै महिलाहरू रोमान्स वा जीवन साथीको रुपमा मात्रै पुरुषलाई स्वीकार गर्छन् भन्ने हुने गर्दैन । हरेक ४ जना महिलाहरूमध्ये १ महिला भने रोमान्स वा लामो सम्बन्धभन्दा पनि सित्तैमा विभिन्न परिकार खान पाइने लोभले पुरुषसँग नजिक हुन खोजेर डेटमा जाने गरेको पाइएको छ । वैज्ञानिकका अनुसार यसरी लामो सम्बन्ध राख्न मन नभए पनि खानका लागि डेटमा जान स्वीकार गर्ने अवस्थालाई ‘फुडी कल’ भनिने गरिन्छ ।

af

जहाँ महिलाहरू डेटिङको समयमा विभिन्न प्रकारको खानाको स्वाद लिन चाहन्छन् । साथै, ३४ वर्ष उमेर पुगेका ३ सय ५७ जना महिलाहरूमा गरिएको अनलाइन अध्ययनका क्रममा ३३ प्रतिशत महिलाहरूले खाना खानकै लागि डेटमा जाने गरेको स्वीकार गरेपनि ६७ प्रतिशत महिलाले भने यसलाई अस्वीकार गरेका थिए ।

८ सय २० जना महिलाहरूको सहभागितामा गरिएको अध्ययनमा २३ प्रतिशत महिलाले पनि खाना खाने उद्देश्यले नै डेटमा जाने गरेको स्वीकार गरेका थिए । उनीहरूलाई भने व्यक्तित्व तथा सम्बन्धका विषयमा प्रश्न सोधिएको थियो ।

Loading...