fbpx

‘आयो तिहार लिएर देउसी’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, ४ कात्तिक । तिहार नजिकिएसँगै विभिन्न तिहार गीतहरू सार्वजनिक हुनेक्रम बढ्दो छ । यसैक्रममा गायिका निशु ढकाल र गायक सुनिल सुनारको स्वरमा रहेको ‘आयो तिहार लिएर देउसी’ बोल रहेको गीत सार्वजनिक भएको छ ।

तिहार नजिक आएको आभाष गराउने उक्त मन छुने गीतको भिडियोलाई नेटिभ म्युजिक नामक युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । नवीनकुमार तिमल्सनाको शब्द, संगीत र एरेन्जमा यो गीत तयार भएको हो ।

सार्वजनिक गरिएको गीतको भिडियोमा हेमप्रसाद देवकोटा, कृष्ण शाही, अनिल, सृजन, आर्यनको देउसीका साथ सदिक्षा, एन्जिला, कृपा, स्मृति, मनिषा र आर्यनको नृत्य देख्न सकिन्छ ।

Loading...