visit-nepal

अध्ययन भन्छ, ‘जति थोरै सुतियो, उति छिट्टै मरियो’

विराटनगर, ४ कात्तिक । निन्द्रा मानव शरीरमा फूर्ति र ताजापन ल्याउनका लागि निकै महत्त्वपूर्ण हुन्छ । स्वास्थ्य शरीर र मस्तिष्कको लागि कम्तिमा पनि दिनमा ७ देखि ९ घण्टा सुत्नु अति आवश्यक हुन्छ ।

सुत्ने समय र मान्छेको मानसिक अवस्थाबीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्ने मानिसमा बढी मानसिक समस्या, चिन्ता देखिनुका साथै थोरै सुत्ने मानिसहरू छिट्टै मर्न सक्नेसमेत पत्ता लागेको छ । बीबीसीका अनुसार युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका मनोविज्ञान प्राध्यापक वाकरले अध्ययनमा सहभागी भएका लाखौँ मनिसको तथ्यांकलाई अध्ययन गरेर निष्कर्ष निकालेका छन् । निदाएको अवस्थामा मानव शरीरका सबै प्रणालीहरूको ‘नवीकरण’ हुने गर्छ । निद्राको अभावमा मानव शरीर र मस्तिष्कमा विभिन्न प्रकारको नाटकीय असरहरू गर्न सुरु गर्छ ।

कम सुत्ने मानिसहरूले छिट्टै कुरा बिर्सिने, दृष्टीभ्रम, मानसिक तनाव, निराशा तथा डप्रेसनको समस्या तथा विभिन्न रोगहरू देखा पर्न थाल्छ । अध्ययनका अनुसार विकसित मुलुकहरूमा समेत अधिकांश मानिसहरूको ज्यान लिइरहेको अल्जाइमर्स, क्यान्सर, मुटु र धमनीसम्बन्धी रोगहरू, मोटोपन, डिप्रेशन, चिन्ता र आत्महत्या जस्ता विभिन्न रोगहरू पनि निद्राको अभावसँग केही न केही सम्बन्ध रहेको पाइएको छ ।

पर्याप्त निन्द्रा पुग्ने गरी सुत्नु शारीरिक र मानसिक स्वास्थ्यका लागि मात्रै नभएर रचनात्मकता र सृर्जनशीलताका लागि पनि एकदम महत्त्वपूर्ण हुन्छ । दैनिक सात घण्टाभन्दा कम सुत्ने मानिसहरूको शरीर र मस्तिष्कमा असर हुन थाल्छ र रोगको प्रतिरोध गर्ने क्षमतामा असर गर्छ । त्यसैले दैनिक ७ घण्टाभन्दा धेरै सुत्नु अतिआवश्यक हुन्छ । तर, निद्रा भने प्राकृतिक हुनुपर्छ । निद्रा लगाउने औषधिले क्यान्सर, सङ्क्रमण र मृत्युको सम्भावना झन् धेरै बढाउने गर्छ ।

Loading...