fbpx

भानुआतुमा ६.४ म्याग्नीच्यूडको भूकम्प

सिड्नी, ४ कात्तिक । भानुआतुमा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएअनुसार भानुआतुको तटीय क्षेत्रमा सो शक्तिशाली भूकम्प गएको हो ।

स्थानीय समय अनुसार सोमबार अपराह्न २ बजे सो भूकम्प आएको थियो । सो भूकम्प आउनु १२ घण्टा अगाडि भानुआतुको तटीय क्षेत्रबाट ९१ किलोमिटर टाढा रहेको इलाका प्रभावित हुने गरी ४.५ म्याग्नीच्युडको भूकम्प गएको थियो । भूकम्पपछि हालसम्म सुनामीको चेतावनी जारी नगरिएको र धनजनको क्षतिको पनि कुनै विवरण प्राप्त भएको छैन ।

Loading...