fbpx

रामकृष्ण ढकालको मार्मिक तिहार गीतमा प्रकाशको अभिनय (भिडियोसहित)

विराटनगर, ४ कात्तिक । तिहार नजिकिएसँगै गायक रामकृष्ण ढकालको स्वरमा रहेको ‘टीका माला’ बोल रहेको गीत सार्वजनिक भएको छ । निकै मन छुने गीतको भिडियोलाई युटुबमार्फत् सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको गीतको भिडियोमा गायक तथा संगीतकार प्रकाश सपुत र नायिका सरिता लामिछानेको अभिनय देख्न सकिन्छ । रमेश बि.जि.को शब्द रहेको गीतमा बि.बि अनुरागिले संगीत भरेका छन् । सुबाश रेग्मीले निर्माण गरेको भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका छन् । गीतको भिडियोलाई नवीन मगरले सम्पादन गरेका हुन् ।

‘तिहार संग्श’ एल्बममा समावेश गरिएको म्यूजिक भिडियोमा आमा बुवा बितेको र श्रीमतीले छोडेर गएपछि ड्रक्सको नसामा परेको व्यक्तिलाई विवाह गरेर गएकी दिदीले ड्रक्स नछोडेसम्म तिहारमा टीका लगाइदिन नआउने भनेपछि तिहारका मीठा सम्झनाहरू सम्झिएर निकै पीडा हुँदा सुधारकेन्द्र गएर सुध्रिएको कथामा आधारित रहेको छ ।

Loading...