visit-nepal

भिटामिन ‘ए’ को सेवनले छालाको क्यान्सरलाई कम गर्छ

विराटनगर, ४ कात्तिक । भिटामिन ‘ए’ ले छाला र शरीरको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ । ‘भिटामिन ए’ को सेवनले छालाको क्यान्सरलाई कम गर्ने सक्ने देखिएको छ । ‘भिटामिन ए’ को सेवनले छालाको क्यान्सरलाई १७ प्रतिशतसम्म कम गर्न अमेरिकाको ब्राउन विश्वविद्यालयमा गरिएको एक अनुसन्धानले पुष्टि गरिसकेको छ ।

अमेरिकन मेडिकल एसोसिएसन डर्मेटोलजीका अनुसार, धेरै लामो समयसम्म चलेको अनुसन्धानलाई सन् १९८४ देखि सन् २०१२ सम्म एक लाख २१ हजार ७ सय महिलामा र सन् १९९६ देखि सन् २०१२ को बीचमा ५१ हजार ५ सय २९ जना पुरुषलाई पनि सामेल गरिएको थियो ।

अनुसन्धानमा संलग्नहरू गरिएका आधी व्यक्तिहरूको आहारमा भिटामिन ‘ए’युक्त फलफूल र सागसब्जी सामेल गरेर महिला र पुरुषमा छालाको क्यान्सर बीचहुने सम्बन्धलाई बुझ्ने प्रयास गरिएको थियो । छालाको क्यान्सरअन्तर्गत ‘स्क्वैमस सेल कार्सिनोमा’ लाई रोक्न निकै गाह्रो हुने भएपनि खानपानमा भिटामिन ‘ए’युक्त खानेकुराको प्रयोगले उक्त क्यान्सरको समेत जोखिमलाई कम गर्न सकिने देखिएको थियो । भिटामिन ‘ए’ लिनाले सूर्यको प्रकाशबाट शरीरमा हुने नकारात्मक असरलाई पनि कम गर्छ ।

अनुसन्धानमा भिटामिन ‘ए’ को सेवन नगरेका एक हजार ९सय ७८ व्यक्तिमा स्क्वैमस सेल कार्सिनोमा (एक प्रकारको छालाको क्यान्सर) को सम्भावना देखियो । जसमा क्यान्सरको कोषिका तीब्र गतिले बढ्नुका कारण नियन्त्रण गर्न निकै मुस्किल हुने गर्छ । अनुसन्धानले निकालेको निष्कर्षअनुसार भिटामिन ’ए’ को सेवन गरेका व्यक्तिहरूमा छालाको क्यान्सरको खतरा अन्यभन्दा निकै कम देखिएको थियो ।

Loading...