visit-nepal

एमबीबीएस र बीडीएसको सिट सङ्ख्या निर्धारण, नोबेलभन्दा विराटलाई कम

विराटनगर ४ कात्तिक । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोगको विशेष आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६÷७७ लागि मेडिकल कलेजहरुका लागि नयाँ सिट निर्धारण गरेको हो ।

काउन्सिलले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिट सङ्ख्या निर्धारण गरेको जनाएको छ । काउन्सिलका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई एमबिबीएस १०० र बिडीएस ५०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबिबीएस ६५, काठमाडौँ स्कूल अफ मेडिसीन धुलिखेललाई एमबिबीएस ८५ र बिडीएस ५०, नोबेल मेडिकल कलेज विराटनगरलाई एमबिबीएस १०० र बिडीएस ३५ सिट निर्धारण गरेको छ ।

यसैगरी विराट मेडिकल कलेज विराटनगरलाई एमबिबीएस ७५, काठमाडौँ मेडिकल कलेजलाई एमबिबीएस १०० र बिडीएस ५०, नेपाल मेडिकल कलेजलाई एमबिबीएस १०० र बिडीएस ५०, कलेज अफ मेडिकल साइन्सेसलाई एमबिबीएस १०० र बिडीएस ५० र लुम्बिनी मेडिकल कलेजलाई एमबिबीएस १००, नेपालगञ्ज मेडिकल कलेजलाई एमबिबीएस १००, मनिपाल मेडिकल कलेजलाई एमबिबीएस १००, देवदह मेडिकल कलेजलाई एमबिबीएस ५० र कान्तिपुर डेन्टल कलेजलाई बिडीएस ५० सिट निर्धारण गरिएको काउन्सिलले जनाएको छ ।

Loading...