visit-nepal

भ्रममा परेर अस्पताल गएर दाँत सफा गर्न डराउँछन्

विराटनगर ४ कात्तिक । अहिले दन्तचिकित्सा क्षेत्र अत्यन्तै विकसित हुँदै गएको छ । विराटनगरको नोबेल अस्पतालमा दन्त विभागमा कार्यरत डा. निधि तापरियाका अनुसार मेसिनबाट दाँत सफा गर्नका लागि केहि पनि कुरामा डराउनु पर्ने आवश्यकता छैन । दाँत सफा गर्दा दाँत खिइने, हल्लिने तथा पातलो हुने जस्ता कुराहरु धेरैले भनेको सुन्न सकिन्छ तर, यो सबै भ्रम मात्रै भएको उनले बताइन् ।

दाँत सफा गर्नका लागि एउटा अल्ट्रासोनिक मेसिनको प्रयोग गरिन्छ जसले कम्पनद्वारा दाँतमा जमेर बसेका फोहोरलाई हटाउने गर्छ । दाँतको इनामेल शरीरको सबै भन्दा मजबुत कुरा हो र, दाँत सफा गर्नका लागि प्रयोग गरिने मेसिन पनि धारिलोे नहुने हुदा यसले दाँतलाई केहि प्रकारको असर गर्दैन् ।

दाँत सफा गरेपछि मानिसहरूले सिरिंग सिरिंग केही दिनका लागि अनुभव अवश्य गर्छ । त्यो जमेको फोहर सफा भएपछि दाँतको जराको भाग देखिन गएर भएको हुन्छ । दाँतमा जम्मा भएको फोहोर सफा भएपछि दाँतहरुबीच खाली ठाउँको महसुस गरेर दाँत पातलो भएको जस्तो लाग्नु एउटा भ्रम मात्र हो ।

दाँत सफा गराउनाले दाँत कमजोर हुने वा हल्लिने हुँदैन् । दाँतको उपचारको खर्च महँगो भएको कारण पनि मानिसहरु परिक्षण गर्न डराउने हुन्छ । समस्या सामान्य छ भने दाँतको उपचार खर्च खासै महँगो हुदैन् ।

दन्त चिकित्सकको सल्लाहअनुसार नियमित रुपमा ३ देखि ६ महिनाको अन्तरालमा दाँतलाई सफा गर्दा दाँतलाई समातेर राख्ने हाड तथा गिजा स्वस्थ रहनुका साथै मुखको दुर्गन्धको समस्याबाट पनि छुटकारा पाउन सकिन्छ । दाँतको उपचार गराउनाले दाँतको दुखाइबाट छुटकारा पाउनुका साथै हृदयघात, मिर्गौलाका रोग, मधुमेह, मुखको दुर्गन्धवाट जस्ता अनेकौं रोगबाट समेत बच्न सकिन्छ ।

Loading...