fbpx

पत्रपत्रिकामा देश : पीडित परिवारमा आलमको त्रास

विराटनगर ४ कात्तिक । कान्तिपुर दैनिकमा मुख्यपृष्ठमा बम विस्फोटको घटनाको किटानी जाहेरी दिएका परिवारमा आलमको त्रास रहेको खबर छापिएको छ । १२ वर्ष अघिको बम विस्फोटको घटनामा कांग्रेस सांसद मोहम्मद अफताव आलमबिरुद्ध किटानी जाहेरी दिएको परिवारहरु आपूmमाथि जतिबेला जे पनि हुन सक्ने त्रासमा छन् ।

उनीहरुले यतिका वर्ष अनेक धम्की दबाब सहेर न्यायको निम्ति लडेको भएपनि अब दोषि उम्किए बाँच नपाउँने हो कि भन्ने उनीहरुलाई चिन्ता थपिएको छ । घटनामा मृत्यु भएका त्रिलोकप्रताप सिंहका बाबु श्रीनारायण सिंहले अफताव उम्किए बाँच्न नपाउने बताउँछन् । उनले आफूहरु गाउँ बस्न नसक्ने अबस्था आउने बताए । रौतहटको सरुअठास्थित सिंहको घरमा सादा पोसाकका प्रहरीले सुरक्षा दिइरहेका छन् । यस्तै घटनामा मारिएका ओसी अख्तरको परिवारलाई पनि प्रहरीले सुरक्षा दिइरहेको छ ।

उनीहरुलाई सुरक्षा दिन सादा पोसाकका प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सांसद आलममाथि म्याद थप गरि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ललिता निवास प्रकरणमा गच्छदारपनि छानबिनमा तानिँदै शिर्षकमा कान्तिपुरमै समाचार छ । कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारपनि ललित निवास जग्गा अनियमितता प्रकरणको छानबिनमा तानिएका हुन् । उनलाई पनि बोलाएर बयान लिने निष्कर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेको छ । गच्छदार उपप्रधान एवं भौतिक योजना तथा निर्माण मन्त्री हुँदा विवादित प्रस्तावमाथि निर्णय गरि मन्त्रिपरिषद्मा पठाउन स्वीकृत गरेका थिए ।

सरकारकै सिफारिसले किसानलाई धोका शिर्षकमा नागरिक दैनिकले मुख्य समाचार छापेको छ । कैलाली र कञ्चनपुरका किसानले ३ सय ४८ हेक्टर क्षेत्रफलमा लगाइएको गरिमा जातको धान नफल्दा १ हजार १ सय किसान पिडित बनेका छन् । नेपाल सरकारले पञ्जिकृत गरेको मसिनो र बास्नादार हुने भन्दै किसानले लगाएको धान बाक्नेबेला सम्ममा पनि बाला लाग्न सुरु नभएपछि हरियैमा काट्न थालेका छन् ।

कृषि विकास निर्देशनालय दिपायल डोटीका प्रमुख यज्ञराज जोशीले कैलाली र कञ्चनपुरको किसानले धोका पाएको बताए । उनले दुई जिल्लाका १ हजार १ सय ८९ किसानले लगाएको धान नफलेको बताएका छन् । यस्तै चितवनमा पनि गरिमा जातको धानमा बाला नै नलागेको समाचार नागरिकमै छ ।

Loading...