fbpx

अष्ट्रेलियामा नेपाली बने ‘च्याम्पियन अफ च्याम्पियन’

विराटनगर, ४ कात्तिक । अष्ट्रेलियामा भएको राज्यस्तरीय शारीरिक सुगठनमा नेपालीले २ स्वर्ण जितेका छन् । अष्ट्रेलियामा भएको राज्यस्तरीय शारीरिक सुगठनमा नेपालका प्रेमराज भट्ट च्याम्पियन अफ च्याम्पियन भएका छन् ।

asd

विश्व शारीरिक सुगठनअन्तर्गत न्यू साउथ वेल्स, अष्ट्रेलिया टाइटल २०१९ का लागि आज लिभरपुलको क्याथलिक क्लबमा भएको फाइनलमा भट्टले पुरुष फिजिक्सतर्फ उपाधि हात पारेका हुन् । जीतसँगै उनले अष्ट्रेलियाको राष्ट्रिय खेलमा न्यू साउथ वेल्स राज्यको प्रतिनिधित्व गर्नेछन् ।

राज्यस्तरीय खेलमा भट्ट नेपाली क्लबबाट फिटनेस नेपाल (क्याम्सी), सेप्स ‘ट’ (काठमाडौँ)बाट सहभागी भएका हुन् । पुरुष फिजिक्सतर्फ विगिनर (पहिलो पटक) र सर्टहाइट (१७२ सेन्टिमिटर)मा भाग लिएका भट्टले दुवैमा स्वर्ण पदक जितेका हुन् । प्रतियोगितामा १५० भन्दा बढी खेलाडी सहभागी रहेको बताइएको छ ।

Loading...