fbpx

छैटौं विश्व इन्टरनेट सम्मेलन सुरु

चीन ३ कात्तिक । छैटौँ विश्व इन्टरनेट सम्मेलन चीनको च च्याङ प्रान्तको उचन शहरमा आइतबारदेखि सुरु भएको छ । सम्मेलनलाई चिनियाँ प्रचार मन्त्री ह्वाङ खुन मिङले उद्घाटन गरे ।

सम्मेलनको सफलताका लागि राष्ट्रपति सी चिनफिङले सन्देश पठाउँदै इन्टरनेटको विकास प्रवृत्तिप्रतिको गहिरो बुझाइ, मानव जातिको साझा फाइदाप्रतिको उच्च ध्यान र चीनद्वारा विश्वका विभिन्न मुलुकसँग नेटवर्क गर्ने इच्छा भएको उल्लेख गरेका छन् ।

नयाँ चीन स्थापना भएको ७० औँ वार्षिकोत्सव र इन्टरनेट सुरु भएको ५० औँ वार्षिकोत्सवका अवसरमा गरिएको इन्टरनेट सम्मेलनको मुख्य नारा ‘खुलापन र सहकार्यका लागि बौद्धिक अन्तरसम्बन्ध, साइबरस्पेसका योगदानमूलक भबिष्य’ रहेको छ ।

नयाँ सुरुवातमा विकास अवसरलाई कायम राख्दै चुतौतिको सक्रिय सामना गर्नुका साथै इन्टरनेटका सञ्जाललाई पूरै मानव जातिको विकास समुदायको निर्माणका लागि प्रयास गर्नुपर्ने सीले बताए। उनले भविष्य उन्मुख चीनले ठूलो मुलुकको दायित्वबोध भूमिका सिर्जना गर्दै नेटवर्कको विकासको योगदानकर्ताको हैसियतले प्रयास गर्दै जाने बताए ।

Loading...