fbpx

नेकपा मोरङको शुभकामना कार्यक्रमलाई प्रचण्ड र रक्षामन्त्री पोखरेलले सम्बोधन गर्ने

विराटनगर ३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी मोरङले दसैं, तिहार, छठ लगायतका चाडपर्वहरुको अवसरमा आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव तथा रक्षामन्त्री ईश्वर पोखरेल आउने तय भएको छ ।

८ कात्तिक शुक्रबार विराटनगरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिने नेकपा मोरङले जनाएको छ ।  पार्टी एकता प्रकृयाका कारण लामो समयदेखि कार्यकर्ताहरु प्रशिक्षित हुन नपाइरहेकोले शुभकामना आदनप्रदानकै सन्दर्भमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्ने नेकपा मोरङको तयारी छ ।

चीनका राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमण पछि राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक परिवेशमा आएको फेरबदल आदि विषयमा नेताहरुले प्रशिक्षण दिने नेकपा जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले बताए । शुभकामना आदनप्रदान कार्यक्रममा न्युनतम पाँच हजार कार्यकर्ताहरु सहभागी हुने बताइएको छ ।

कार्यक्रमलाई भब्य बनाउन पार्टी कमिटी, जनवर्गीय संगठनहरु, पेशागत संगठनहरु, युवा विद्यार्थी सबैलाई आवश्यक भूमिकासहित परिचालन गर्ने पार्टीका मोरङ जिल्ला सहइन्चार्ज गोपि अछामीले बताए । प्रशिक्षणसहितको शुभकामना आदानप्रदान कार्यक्रमको संयोजनकालागि बाबुराम कार्कीको संयोजकत्वमा गठित समितिले गर्ने छ ।

Loading...