fbpx

प्रेम र बिछोडको कथामा ‘लभ यू हमेशा’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

विराटनगर, ३ कात्तिक । त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको फिल्म ‘लभ यू हमेशा’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ट्रेलरमा फिल्मका मुख्य अभिनेता यशराज गरच र अभिनेत्री फिजा योञ्जन र ऋचा थापाबीचको प्रेम, रोमान्स र विछोडलाई प्रस्तुत गरिएको छ ।

भास्कर प्रधानले निर्देशन गरेको फिल्म नेपालमा कार्तिक २२ र भारतमा कार्तिक १५ मा प्रदर्शनमा आउने भएको छ । फिल्ममा यशराज, ऋचा र फिजाका साथ शिशिर राणा, गोपाल ढकाल, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङलगायतको कलाकारहरूको पनि अभिनय रहेको छ ।

धर्मा क्रिएसनको ब्यानरमा रहेर यवन गुरुङको प्रस्तुति रहेको फिल्मलाई मिलन गुरुङले निर्माणमा सहयोग गरेका छन् । मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मलाई शिव ढकालले छायांकन गरेका छन् । फिल्मलाई काठमाडौं, भारतको कालेबुङ, सिलगुडी तथा सिंगापुर र फिलिपिन्समा समेत छायांकन गरिएको छ ।

निर्देशक भास्करकै कथामा तयार भएको फिल्ममा एनवी महर्जनको द्वन्द्व निर्देशन, भासुको संगीत तथा कमल राईको कोरियोग्राफी रहेको छ । कलाकार र निर्माण टिम फिल्मप्रति निकै आशावादी रहेका छन् ।

Loading...