fbpx

नेपालले म्यानमार र इंग्ल्याण्डसँग खेल्ने

विराटनगर, ३ कात्तिक । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत म्यानमार र इंग्ल्याण्डसँग खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार नेपालले म्यानमार र इंग्ल्याण्डको क्लबसँग खेल्ने जनाएको छ ।

aa

एन्फाका अनुसार नेपालले नोभेम्बर २७ मा म्यानमारसँग खेल्नेछ । नेपाल र म्यानमारबीचको खेलमा म्यानडेलेमा हुनेछ । यसैगरी नेपालले अर्को मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डको सी डिभिजन क्लबसँग खेल्नेछ । नेपाल र इंग्ल्याण्डको सी डिभिजन क्लब एल्डरसट टाउनबीचको यो खेल भने २०२० को मे २५ मा हुनेछ ।

Loading...