fbpx

अज्ञात समूहले रोकिराखेका २ वटा बसमा लगाए आगो

ललितपुर, ३ कात्तिक । ललितपुरमा अज्ञात समूहले रोकिराखेका २ वटा बसमा आगो लगाएका छन् । ललितपुर महानगरपालिका–१३ सिँचाइ हिटीस्थित रोकिराखेको दुई वटा बसमा आइतबार बिहान आगलागी भएको हो ।

आज बिहान १०ः५५ बजेको समयमा एक्कासी गाडीमा आगलागी भएपछि दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

आगलागीबाट पार्किङ गरिराखेको बा ३ ख १३८९ र बा ३ ख १६६ नम्बरको गाडी जलेर पूर्णरुपमा क्षति भएको छ । अर्को सँगै रोकिराखिएको बा २ ख ५९४५ नं. को बसमा भने आंशिक रुपमा क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने नखुलेको र अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए । ढोका बन्द भएको बा ३ ख १३८९ नम्बरको गाडीको भित्रबाट आगलागी भएको प्रहरीको अनुमान छ । रासस

Loading...