टूथपिकको प्रयोग दाँतको लागि हानिकारक

विराटनगर, ३ कात्तिक । दाँतमा अड्केको खानेकुरा निकाल्नका लागि अधिकांश मानिसहरू ‘टूथपिक’को प्रयोग गरिरहेका हुन्छन् । यसरी टूथपिकले दाँत कोट्याउन मजा आउनुका साथै दाँतमा अड्केको खानेकुराहरू समेत निकाल्न सहयोग गर्छ । तर, टुथपिकले दाँत कोट्याउनु भनेको दाँत र गिजामा समस्या निम्त्याउनु हो ।

दाँतमा अड्केको खानेकुरा निकाल्ने बेलामा टूथपिकको प्रयोग गर्दा दाँतमा नभएर गिजामा घोचिने डर हुन्छ । गिजामा घोचिँदा रगत निस्कने र दुख्ने समस्या सुरु हुन सक्छ । टूथपिकको नियमित प्रयोग गरेर फोहोर निकाल्ने गर्नाले दाँतको बीचको भागमा खाली ठाउँ बन्न थाल्छ । र, यो खाली ठाउँमा पछि गएर झनै खाना अड्किने समस्या बढेर जाने हुँदा क्याबिटीको समस्या समेत उत्पन्न हुन सक्छ ।

टूथपिकको प्रयोग एकपटक गरेपछि पटक –टक गरिरहन मनलाग्ने हुन्छ । कसैको दाँत माझिसकेपछि पनि टूथपिकले दाँत घोच्ने वा दाँत सफा गर्ने बानी हुने गर्छ । यसो गर्नाले दाँतको इनामेललाई नष्ट हुन गइ दाँतमा दुलोसमेत पर्ने डर हुन्छ । टूथपिकको धेरै प्रयोगले गिजा, र दाँतको जरा पनि खुकुलिँदै जानुका साथै दुलो पारेको ठाउँमा खाना धेरै अड्केर किरा लाग्ने सम्भावना बढेर जान्छ ।

Loading...