fbpx

धरानमा ४ दिने चलचित्र महोत्सव हुँदै

सुनसरी, ३ कात्तिक । धरानमा प्रादेशिक चलचित्र महोत्सव आयोजना हुने भएको छ । प्रदेश नं १ सरकार मूल आयोजक तथा धरान उपमहानगरपालिका र स्वीस विकास नियोगको आयोजनामा यहीँ कात्तिक २१ देखि २४ गतेसम्म धरानमा चलचित्र महोत्सव हुने तय भएको छ ।

चलचित्र महोत्सवमा संस्कृतिक पहिचान र विविधतासमेत झल्किने गरी २१ ओटा चलचित्र प्रदर्शन हुने भएको छ । १८ ओटा नेपाली र ३ ओटा स्वीस चलचित्र परेका छन् । चलचित्र महोत्सवका अलावा जातीय, धार्मिक, सांस्कृतिक पहिचान झल्कने झाँकी प्रदर्शन गर्नुका साथै चलचित्र तथा सांस्कृतिक विविधतामा अन्तर्क्रियासमेत हुने भएको छ ।

चलचित्रको प्रदर्शनी निःशुल्क हुने छ । कार्तिक २१ गतेबाट सुरु हुने ४ दिने कार्यक्रमको लागि विभिन्न क्षेत्रका व्यक्तिहरूलाई आमन्त्रण गर्नुका साथै आम जनताको सहभागिताको सुनिश्चित गराउनका लागि प्रचारप्रसारको सामग्री तयार गरिँदै छ ।

चलचित्र महोत्सवका मूल आयोजक समितिले चलचित्र महोत्सवलाई प्रदेशको पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने महत्वपूर्ण पक्षका रूपमा लिइएको छ ।

प्रदेश १ मा तीन दिने अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

Loading...