fbpx

प्रकृतिको आनन्दमा रमाउँदै जेफालेमा साहित्य चर्चा गर्नेहरू बढ्दै

जेफाले (मोरङ), ३ कात्तिक । साहित्यलाई पर्यटनको विकाससँग जोड्नका लाागि मोरङको रमणीय गन्तव्य जेफालेमा प्रकृतिसँग रमाउँदै साहित्यिकक कार्यक्रम गर्नेक्रम बढ्न थालेको छ । सुगम जिल्ला मोरङको दुर्गम पहाडी क्षेत्रमा पर्ने केराबारी गाउँपालिका–२ जेफालेमा स्थानीय साहित्य चौतारी समूह बिहिबारेको आयोजनामा साहित्यलाई पर्यटन विकाससँग जोड्नका लागि साहित्यिक कार्यक्रम आयोजना गर्नेक्रम बढ्न थालेको हो ।

अझैसम्म कालोपत्रे मोटरबाट पुगिनसकेको मोरङको बिकट स्थान जेफालेको पर्यटन प्रवर्द्धनका लागि बिहीबारे साहित्य चौतारी समूहले दुई वर्षभित्र चर्चित साहित्कारहरूलाई बोलाएर हालसम्म पाँच वटा साहित्यिक कार्यक्रम सम्पन्न गरिसकेको छ ।

धनकुटा र मोरङको सीमानासमेत रहेको जेफालेस्थित बिहीबारे बजारको हावे चौरीमा खुल्ला आकाशमुनि बाँदलको घुम्टो ओढेर शनिबार एक दर्जन साहित्यकारहरूले आफ्ना सृजना प्रस्तुत गरेको साहित्यक चौतारी समूहका अध्यक्ष युवराज ठकुरी ‘अज्ञानी’ले बताए । उनका अनुसार शनिबार चर्चित साहित्यकार देवान किराँती, राजमाङलाक, प्रकाश दियालीलगायत एक दर्जन कविहरूले आफ्ना रचना प्रस्तुत गरेका थिए ।

दीपावलीको शुभकामना आदानप्रदानसहित आयोजना गरिएको उक्त कार्यक्रममा उपन्यासकार श्यामसुन्दरको उपन्यास ‘रेमिटल्याण्ड’माथि अन्तरङ्ग चर्चा पनि गरिएको थियो । जेफाले डाँडा एक नम्बर प्रदेशको चर्चित पर्यटकीय गन्तव्य हो । धनकुटा र मोरङको सीमानामा पारेर बनाएको जेफाले भ्युटावरबाट सूर्योदय हेर्ने र हिमाल र पहाडी प्राकृतिक सौन्दर्य अवलोकन गर्न यहाँ आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ ।

पर्यटकहरू आउनेक्रम बढेपछि यहाँ स्थानियहरूले होमस्टे सेवा पनि प्रदान गर्दै आएका छन् । बाहिरबाट आएर तालिम र अन्तक्र्रिया कार्यक्रमहरू गर्न र नाँचगान गरेर रमाउन सजिलो होस् भनेर सामुदायिक भवन पनि निर्माण गरिएको छ ।

Loading...