fbpx

एक महिनाअघि मात्र मलेशियामा गएका एक नेपालीको मृत्यु

विराटनगर, ३ कात्तिक । मलेशियामा एक नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि मलेशिया गएका दाङका ४२ वर्षीय मोहन केसी (कान्छो) को मृत्यु भएको हो ।

दाङको शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी केसीको असोज २९ गते नेपाली समयअनुसार बेलुका ४ः३० बजेतिर मृत्यु भएको हो । दशैँको टीकाका दिन एक्कासि बेहोस भएपछि उपचारका लागि मलेशियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा उहाँको मृत्यु भएको आफन्त सुरेश ओलीले बताए ।

केसी डिएचएल सप्लाई चैन कम्पनीमा ‘सेक्युरिटी गार्ड’ मा काम गर्न एक महीनाअघि मात्रै मलेशिया गएका केसीको शव सोमबार नेपाल ल्याउने तयारी भएको उनले जानकारी दिए । रासस

Loading...