fbpx

हाइड्रो फेसियल : चाडवाडपछि अपनाउनुपर्ने छालाको उपचार विधि

dr silviaya piya
डा. शिल्भिया पिया

चाडपर्व र विदाले गर्दा हाम्रो दिमागको लागि आराम र आनन्द प्राप्त भइरहेको छ । यस समयमा हामी परिवार, आफन्त तथा पुराना साथीहरू भेटघाट गरी पुरानो दिनहरूको स्मरण गर्दछौँ । तर, यो यस्तो पनि समय हो जब हामीले आफ्नो शरीरलाई धेरै तनावमा पार्दछौं । हाम्रो छालालाई पनि उत्तिकै रूपमा प्रभावित भइरहेको हुन्छ ।

चाडपर्व या छुट्टीको बेला साथीभाइ, आफन्त, परिवारसँगको भेटघाटले गर्दा हामी चाहेर पनि आफ्नो शरीर तथा छालाको हेरचाहमा ध्यान पुर्याउन सक्दैनौँ । त्यसैले निद्राको अभावको कारण, घामको निरन्तर जोखिम, धेरै मदिरा र थोरै पानी जस्ता कारणहरूले गर्दा हाम्रो छाला सुक्खा र निर्जीव हुन पुग्दछ । तर, हाम्रो शरीर र अनुहारको छालासम्बन्धी यस प्रकारको समस्या तथा जोखिमहरूको समाधानको उपायहरू पनि धेरै छन् ।

जसमध्ये एक हाइड्रो–फेसियल उपचार विधि पनि एक हो । आधारभूत हाइड्रो–फेशियल एक चिकित्सा उपचार हो, जसले छाला सफा गर्न, निखार्न र हाइड्रेट गर्न मद्दत गर्दछ । यस विधिमा एक विशेष प्रकारको मेशिनको प्रयोग गरिन्छ, जसले नयाँ छालाको विकासको लागि विशेष प्रकारको सेरम (प्रोटिन) सञ्चार गर्नुका साथै छालाका प्वाल तथा मृत कोशिका सफा गर्दछ ।

यस विधिमा छालाको सफाइ उच्च दबाबयुक्त पानीद्वारा गरिन्छ, जुन कुनै पनि किसिमको पीडारहित हुन्छ । यो विधि कुनै पनि प्रकारको छाला, जुनसुकै उमेर र जटिल प्रकारको छालामा प्रयोग गर्न सकिने कारणले गर्दा दिनप्रतिदिन चर्चामा आइरहेको छ ।

कालो दाग, डन्डिफोर तथा अनुहार र छालासम्बन्धी समस्याहरूका लागि पनि यो लाभदायक छ । यस विधि अपनाएकाहरूका अनुभवअनुसार यस विधिबाट छाला राम्रो, प्राकृतिक तथा चमकदार हुने गर्दछ । विश्वभरि एक यस हाइड्रो–फेसियल उपचार हरेक १५ सेकेण्डमा गरिन्छ र गत वर्ष विश्वभरि २० लाख मानिसहरूले यस विधिबाट उपचार गराएका थिए ।

(डा.शिल्भिया पिया (डर्माटोलोजिस्ट) भेनस स्किन एण्ड हेयर प्रत्यारोपण क्लिनिक विराटनगरमा कार्यरत छन्)

Loading...