fbpx

लिभरपुलको विजयी यात्रामा पूर्णविराम लगाउने दाउमा म्यानचेष्टर युनाइटेड

विराटनगर, ३ कात्तिक । इंग्लिस प्रिमियर लिगमा आज साबिकको उपविजेता टोली लिभरपुल र उपाधि दाबेदार मानिएको टोली म्यानचेष्टर युनाइटेडले प्रतिस्पर्धा गर्न लागेका छन् । नेपाली समयअनुसार राति ९ः४५ बजेबाट हुने उक्त खेलमा यी दुई टोलीले प्रतिस्र्पाध गर्न लागेका हुन् ।

asfd

युनाइटेड र लिभरपुलबीचको खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोल्डमा हुनेछ । जहाँ, लिभरपुलले आफ्नो विजयी यात्रा कायमै गर्ने लक्ष्य लिएको छ । किनकी, लिभरपुल जारी लिगमा ८ खेल खेल्दा सबै खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ । र, आजको खेलमा पनि ऊ यो यात्रा कायमै राख्ने दाउमा छ । लिभरपुलले ८ खेलबाट २४ अंक बनाएको छ ।

यता, लिभरपुलको आजको प्रतिद्वन्द्वी युनाइटेड भने अंक तालिकाको १४औं स्थानको टोली हो । उसले ८ खेलमध्ये २ खेलमा जित, ३ खेलमा बराबरी र ३ खेलमा हार ब्यहोरेको छ । युनाइटेडसँग ९ अंक मात्रै छ । आज आफ्नै मैदानमा लिभरपुललाई हराउँदै ऊ अंक तालिकामा माथि उक्लिन चाहन्छ । यस्तै ऊ आज लिभरपुलको विजयी यात्रामा पूर्णविराम लगाउने दाउमा छ ।

अहिले अंक तालिकाको शीर्ष स्थानमा लिभरपुल हुँदा दोस्रो स्थानमा साबिकको विजेता म्यानचेष्टर सिटी तथा तेस्रो स्थानमा लेष्टर सिटी रहेको छ । चेल्सी तेस्रो स्थानमा हुँदा आर्सनल चौथो स्थानमा छ ।

Loading...