fbpx

यस्तो बन्यो ‘दबंग ३’ को मोसन पोस्टर (भिडियोसहित)

विराटनगर, ३ कात्तिक । डिसेम्बर २० मा रिलिज हुने बलिउडका चर्चित अभिनेता सलमान खानको नयाँ फिल्म ‘दबंग ३’ को मोसन पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको पोस्टरमा सलमान फेरि एकपटक चुलबुल पाण्डेको भूमिकामा देखिएका छन् ।

सलमानले मोसन पोस्टरमा बताए अनुसार क्रिसमसमा दबंग आउने र यस वर्षको ईदमा ‘राधे’ ल्याउने भएका छन् । फिल्ममा सलमान, अभिनेत्री सोनाक्षी र साइ माञ्जरेकरका साथ माही गिल, टिनु आनन्द र अरबाज खानलगायतको कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

फिल्ममा कन्नडका सुपरस्टार सुदीपले भिलेनको भूमिका निर्वाह गर्ने भएका छन् । फिल्ममा सलमानले चुलबुल पाण्डेको युवा अवस्था र वयस्क अवस्थाको भूमिका निर्वाह गरेका छन् । वयस्क सलमानको पत्नीको भूमिकालाई सोनाक्षी सिन्हा देखिने भएकी छन् भने युवा सलमानको नायिकाको रूपमा साइको भूमिका रहने भएको छ ।

प्रभु देवाले निर्देशन गरेको फिल्मलाई सलमान, अरबाज र निखिल द्विवेदीले निर्माण गरेका हुन् । ‘दबंग’को दुई सिक्वेलको अपार सफलतापछि तेस्रो सिक्वेल अलि बढी मनोरञ्जनात्मक हुने निर्माण टिमले जनाएको छ ।

Loading...