fbpx

म्यानमारबाटै जापान लागिन् राष्ट्रपति भण्डारी

म्यानमार, ३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारको राजकीय भ्रमण पूरा गरी जापान प्रस्थान गरेकी छन् । म्यानमारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मारको भ्रमण सकेर आइतबार स्थानीय समयअनुसार मध्यान्ह १२.१० मा जापान प्रस्थान गरेकी हुन् ।

थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल आज राति जापान पुग्नेछ । राष्ट्रपति भण्डारीलाई याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्माको धार्मिक मामिला तथा संस्कृतिमन्त्री छुरा यु आङ को, याङ्गुनका मुख्यमन्त्री यु फियो मिन थिन र म्यान्माको लागि नेपाली राजदूत भीमकृष्ण उदासलगायतले बिदाइ गरे ।

जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ । रासस

Loading...