fbpx

चाँदीको गरगहनासहित मोरङका एक युवक सिरहाबाट समातिए

सिरहा, ३ कात्तिक । चाँदीको गरगहनासहित मोरङका एक युवक सिरहाबाट समातिएका छन् । प्रहरीको टोलीले भारतीय सिमासँग जोडिएको सिरहाको बरियारपट्टी बजारबाट मोरङको रङ्गेली नगरपालिका–६ निवासी २५ वर्षीय उमेश विश्वकर्मालाई चाँदीको गरगहनासहित प्रहरीले पक्राउ गरेको हो ।

भारतीय बजारबाट नेपालतर्फ आइरहेका विश्वकर्मालाई करिब अढाइ किलो चाँदीसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्बेदीका अनुसार विश्वकर्माको साथबाट चाँदीको पाउजु ११० थान, औँठी ७२ थान, सिक्री ३० थान र बाला १२ थान बरामद भएको छ ।

Loading...