fbpx

काश्मीरमा गोलीबारी हुँदा दुई भारतीय सैनिकको मृत्यु

भारत, ३ कात्तिक । जम्मु–काश्मीरमा गोलीबारी हुँदा २ भारतीय सैनिकले ज्यान गुमाएका छन् । भारतीय सैनिकले तांघर सेक्टरमा भएको भारी गोलीबारीमा आफ्ना दुई सैनिकले ज्यान गुमाएको जानकारी दिएको हो ।

काश्मिरको कुपवाडा जिल्लामा रहेका सैन्य पोष्ट र गाउँमा पाकिस्तानले गोलाबारी गरेको भारतको आरोप छ । उक्त घटनामा एक सर्वसाधरणले पनि ज्यान गुमाउनका साथै अन्य तीन जना गम्भीर घाइते भएको भारतीय मिडियाहरूले जनाएका छन् । अधिकारीहरूका अनुसार सीमा क्षेत्रमा भएको गोलीबारीमा दुई घर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य घरहरूमा समेत क्षति पुगेको छ ।

Loading...