visit-nepal

हाँस्ने शैलीको आधारमा मानिसको स्वभाव

विराटनगर, ३ कात्तिक । हँसिलो मुहार भएको मानिसले सजिलै अरूको मन जित्न सक्छ र छिट्टै सबैको प्यारो पनि हुने गर्छन् । हाँस्दा शरीरका अंगहरू सक्रिय हुनुका साथै शरीरमा एक किसिमको हर्मोन उत्पन्न हुन्छ ।

जसकारण हाँस्नु स्वास्थ्यका लागि समेत एकदमै फाइदाजनक मानिनुका साथै एक प्राकृतिक औषधि पनि हो । व्यक्तिअनुसार, हाँसो पनि फरक–फरक प्रकारक हुन्छ । कोही हाँस्दा मुसुक्क मुस्कुराउने, आवाज ननिकाली हाँस्ने तथा कोही भने खित्का छोडेर दिल खोलेर हाँस्ने गर्छन् । समुन्द्रशास्त्र अनुसार, व्यक्तिको हाँस्ने शैलीका आधारमा उसको स्वभावलाई पत्ता लगाउन सकिन्छ र उक्त कुरा केही हदसम्म मिल्न पनि जान्छ ।

afd

मुसुक्क मुस्कुराएर हाँस्ने व्यक्तिहरू निकै बुद्धिमानी र गम्भीर, शान्त प्रवृत्तिका हुन्छन् र यस्ता व्यक्ति चाँडो रिसाउँने गर्दैनन् । यिनीहरू कठिन समयमा धैर्यताका साथ आफ्नो काम सफल गर्छन् । सबैका साथ समान व्यवहार गर्ने गर्छन् र आफ्नो कुरा अरुलाई सजिलै बुझाउन सक्ने हुँदा छिट्टै अरुलाई आकर्षित बनाउन सक्छन् ।

दिल खोलेर वा खित्का छाडेर हाँस्ने व्यक्तिहरू सहनशील, दयालु र निकै उत्साही प्रवृत्तिका हुन्छन् । त्यस्ता व्यक्तिको बौद्धिक क्षमता पनि सामान्यभन्दा बढी हुनुका साथै सबैको भलो होस् भन्ने चाहन्छन् । उनीहरूको मनमा कुनै पनि प्रकारको छलकपट नहुने हुँदा यिनीहरू एकदम इमान्दार हुन्छन् । यस्ता व्यक्ति परेको बेला जे पनि सहयोग गर्न तयार हुन्छन् ।

जोड जोडसँग आवाज निकालेर हाँस्ने व्यक्तिहरू निकै स्वाभिमानी तथा मेहनती हुन्छन् । प्रायः यस्ता व्यक्ति जीवनमा सफल हुनुका साथै यिनीहरू कसैको पनि कुरा काट्ने गर्दैनन् । तर, आफूलाई कसैले चोट पुर्याएको खण्डमा कसैलाई पनि बाँकी भने राख्दैनन् ।

रोकिएर हाँस्ने व्यक्तिहरूको बौद्धिक क्षमता सामान्य भए पनि निकै चतुर हुन्छन् । यस्ता व्यक्ति विवेकको सट्टा भावनाले निर्णय लिने भए पनि यिनीहरूको दिमागमा केही न केही कुरा चलिरहेको हुन्छ । यसरी हाँस्ने व्यक्तिको बचत गर्ने बानी हुन्छ ।

सानो–सानो कुरामा पनि नचाहिकन हाँसिरहने व्यक्तिहरू मिलनसार हुनुका साथ साथै स्वार्थी पनि हुने गर्छन् । यिनीहरूलाई बुझ्न निकै गाह्रो हुन्छ । र, आफ्नो स्वार्थ पूरा गर्नका लागि यिनीहरू जे पनि गर्न सक्छन् ।

हाँस्दा गालामा डिम्पल पर्ने व्यक्तिहरू सबै जनासँग छिट्टै मिल्ने, आत्मविश्वासी र रोमान्टिक स्वभावका हुन्छन् । यिनीहरू जिद्दी हुने हुँदा प्रेममा धोका दिँदै हिँड्ने प्रवृतिका हुन्छन् ।

Loading...